अछाम शैक्षीक तथा धार्मीक महोत्सवको सम्पूर्ण तयारी पुरा भोलि कलश यात्राको तयारी हेर्नुहोस फोटोहरु

अछाम शैक्षीक तथा धार्मीक महोत्सवको सम्पूर्ण तयारी पुरा भोलि कलश यात्राको तयारी हेर्नुहोस फोटोहरु

कपन अनलाइन 

एकेन्द्र महता 

अछाम शैक्षिक तथा धार्मिक महोत्सव २०७३ को तयारी लगभग सम्पन्न भएको छ । अछाम क्याम्पसको स्तरोन्नती तथा डिग्रि तह सञ्चालन र प्राविधिक शिक्षालय स्थापनार्थ सञ्चालन हुन लागेको महाँयज्ञको तयारी सकिएको मुल आयोजक समितीले जनाएको छ ।

तयारी अनर्तगत मंगलसेन बजारका बिभिन्न ठाँउमा १० वटा स्वागत गेट निर्माण गरिएको छ भने यज्ञ कुण्ड, यज्ञ स्थल, बाल संस्कार, योग शिविर, लगायतका संरचना निर्माण गरिएको छ । माघ २१ देखी २८ सम्म सञ्चालन हुने महाँयज्ञको सम्पूर्ण ब्यावस्थापन तथा तयारीको कार्य सम्पन्न भएको जनाईएको छ ।

महाँयज्ञका लागि प्रमुख बाचक सहित ३६ जनाको टोली पनि पुगीसकेको मुल आयोजक समिती संयोजक पदम बोहराले जाँनकारी दिनुभयो । महाँयज्ञका प्रमुख बाचक अन्तराष्ट्रिय भागवत भूषण बाचन शिरोमणि आचार्य श्री नारायण सरण ज्यू, पुज्य सञ्जेल जि महाँराजलाई भब्य स्वागत पनि गरिएको छ ।

मूल समिति सयोजक पदम बोहरा, क्याम्पस प्रमुख छत्र बिस्ट लगायत पदाधिकारीहरु र उप समिति सयोजकहरुको सहभागितामा बाजा गाजा सहित मोटरसाईकल र्याली र स्वमसेवक हरु ले साफेबगरवाट स्वागत सहित यज्ञ स्थल मंगलसेन पुर्यायका हुन । भोलि कलश यात्रा सहित बजार परिकर्मा पश्चात महाँयज्ञको औपचारीक उदघाटन गरिने समितीका प्रवक्ता ललित केसीले जाँनकारी दिए ।

कलशयात्रामा सम्पूर्ण नगरवासिहरुको उपस्थितीका लागि समेत महाँयज्ञ मुल आयोजक समितीले अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।