भवन शिलान्यास

कपन अनलाइन 

बुटवल, १९ माघ । रक्षामन्त्री बालकृष्ण खाँणले विकासमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

देशको विकास र समृद्धिका लागि सबैको सहभागिता आवश्यक छ, बुटवलस्थित इलाका प्रशासन कार्यालयको आज एक समारोहबीच भवन शिलान्यास गर्दै उहाँले भन्नुभयो –सबै पक्षको सहकार्यबाट नै लुम्बिनी क्षेत्रका विकास अघि बढेको छ ।
मन्त्री खाँणले यस क्षेत्रको विकासका लागि सबै जनप्रतिनिधिले राजनीति भन्दामाथि उठेर सहकार्यका साथ अगाडि बढेको चर्चा गर्दै रुपन्देहीको विकासका सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

लुम्बिनीलाई केन्द्रमा राखेर ५ नं प्रदेश बनाउनुपर्ने र यो प्रदेशबाट पहाडलार्य अलग गर्न हुदैन्, उहाँले भन्नुभयो–“लुम्बिनीलाई प्राकृतिक स्रोत साधनमा पहुँच राख्न पनि पहाडी जिल्लासँगको सम्बन्ध जरुरी छ ।”

मन्त्री खाँणले प्रशासन भवन निर्माणका लागि बजेटको कुनै अभाव हुन नदिने बताउँदै भवनको गुणस्तर र निर्धारित समयमै सम्पन्न गर्न निर्देशन समेत दिनुभयो ।

रु चार करोड ८८ लाखको लागतमा सो भवन निर्माण हँुदैछ । पहिलो चरणमा दुई तले कार्यालय भवन निर्माण हुने र दोस्रो चरणमा कर्मचारी आवास निर्माण गरिने इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा भवन डिभिजन कार्यालय रुपन्देहीका प्राविधिक इन्जिनियर सुरेश खनालले निर्माणाधिन भवनका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । रासस

तपाइँको प्रतिक्रिया ।