बाजुराको कुल्देवमाण्डौमा आँखा शिविर सुरु चास सय बढीले सेवा लिए

कपन अनलाइन 

कुल्देवमाण्डौ गाविसको बडिमालिका क्याम्पस फालासैनमा मंगलबार देखि आँखा शिविर सुरु भएको छ । टाँटे स्वास्थ्य चौकी र नेपाल रेडक्रस सोसाइटी उपशाखा कुल्देवमाण्डौको आयोजना र गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त शिविर संचालन गरिएको बताइएको छ ।

शिविरमा गोत्री वाइ दहकोट,मानाकोट काँडा जयवागेश्वी छतारा,तोली डोगडी,छिमेकी जिल्ला अछामका ऋषी दह र ठाटी गाविसका आँखाका रोगीहरुले उपचार सेवा पाएको स्वास्थ्य चौकीका सह इन्चार्ज विष्णुप्रसाद जैशीले जानकारी दिनु भएको छ । उहाले दिएको जानकारी अनुसार शिविर सुरु भएको दिनमा चार सय ६८ जना आँखाका रोगीहरुले सामान्य सेवा लिएका छन् ।

यसैगरी आज बसेको आँखा शिविरमा ९८ जनाको आँखाको अप्रेशनगर्नु पर्न भएको भएपनि आज ५७ को आँखाको अप्रेशन गरिएको छ । आँखाको अप्रेशन हुन बाकी रहेका विरामीहरुको भोलि विहान ८ बजेदेखि सेवा संचालन गरिने नेपाल रेडक्रस सोसाइटी कुल्देवमाण्डौ उपशाखाका सभापति भक्तराज जोशीले बताउनु भएको छ ।

आँखा शिविरमा डाक्टर अनिल गुरुङ्ग सहित १४जनाको टोलीले सेवा दिदै आएको छ । शिविर विरामीको चाप बढे भने १३ गते सम्म चल्ने आयोजकले जनाएको छ । शिबिर यस अघि अछाममा पनी सञ्चालन भएको थियो ।

तपाइँको प्रतिक्रिया ।