टाइमलाइन स्कूल जोरपाटीले पाँचौ अभिभावक दिवस मनायो

टाइमलाइन स्कूल जोरपाटीले पाँचौ अभिभावक दिवस मनायो

कपन अनलाइन, काठमाडौं । काठमाडौँको जोरपाटीमा रहेको टाइमलाइन स्कुल पाँचौ अभिभावक दिवस मनाएको छ ।  हिमाल, पहाड र तराईका विभिन्न भागका सँस्कृति झल्कने बेजोड साँस्कृतिक प्रस्तुती तथा अभिभावक भेषभूषाको प्रदर्शनीसहितको विशेष कार्यक्रममा प्रमुख अतिथि थिए सांसद रामेश्वर फुयाँल ।

 

सांसद फुयालले शुभकामना का्रयक्रममा  मन्तब्य व्यक्त गर्दै काठमाडौंको पूर्वी क्षेत्रको शैक्षिक स्तर उन्नतीमा विद्यालयले महत्वपूर्ण भूमिका खेलेको बताए । “मानिस जन्मिए पछि शिक्षा उसको अनिवार्य अधिकार हुनुपर्छ उहाँले भन्नुभयो राज्यले शिक्षालाई निशुल्क र सर्वसुलभ बनाउन आवश्यक छ ।” शैक्षिक जनशक्ति देशमा काम नपाएर विदेश पलायन हुने अवस्था रहेकोले प्राविधिक र व्यवहारिक शिक्षामा राज्यको लगानी वृद्धि हुनुपर्नेमा उनको जोड थियो ।

 

“नीजि विद्यालयले देशको गुणस्तरीय शिक्षाको माग र शैक्षिक विकासमा योगदान पुर्याएको छ, राज्यको सहयोगी भएर काम गरेको छ यसलाई नकारात्मक आँखाले हेर्ने सोच त्यागौं, व्यवस्थित बनाउने तिर लागौँ भन्दै क्षेत्र नं ३ का सांसद फुयाँलले सार्वजनिक, नीजि र सरकारी तीन खम्बे अर्थनीतिका आधारमा नीजि क्षेत्रको लगानीको सुरक्षा र उसले प्रवाह गर्ने सेवा, गुणस्तरसमेत राम्रो हुने गरी नीति तर्जुमा गर्न र अनुगमन प्रभावकारी बनाउनु पर्नेमा जोड दिए  ।

स्कुलका अध्यक्ष नवराज रिजालले  विद्यार्थीहरुले अध्यक्ष नवराज रिजालले विद्यालयले गुणस्तरीय शिक्षा प्राप्त गर्ने अभिभावको अभिलाषा पुरा गर्न विद्यालय लागिपरेको बताए । विद्यालयले शैक्षिक र बालमैत्री सिकाई प्रणलीको उच्चतम प्रयोग गरिरहेको जानकारी गराएका थिए । “शैक्षिक गुणस्तर बढाउन विद्यालय, विद्यार्थी र अभिभावकको उत्तिकै भूमिका हुन्छ रिजालले भने विद्यालय पठाएपछी सबै कुरा विद्यालयको हो भन्ने सोच नराखौं, छोराछोरीको पढाइको स्तर र समस्या के छन् भन्ने कुरा चासौ राख्ने र उचित वातारण सिर्जना गरिदिने गरौं ।”

 

कार्यक्रममा बोल्दै प्याव्सन काठमाडौं जिल्लाका अध्यक्षले काठमाडौं जिल्लाको शैक्षिक विकासमा टाइमलाइनले एउटा इट्टा थपेको बताए । उनले छोटो समयमै शैक्षिक विकास र गुणस्तरीय शिक्षाको प्रदान गर्न सफल रहेकोमा बधाइसमेत दिए ।

 

विद्यालयका प्रधानाध्यापक रामप्रसाद बडालले छोटो समयमै विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न शैक्षिक र पूर्वाधार विकासमा सफलता हासिल गरेको बताए। उनले अभिभावकलाई बेला बेलामा विद्यालय आएर आवश्यक सुझाव दिन र आफ्ना छोराछछोरी पढाइप्रति ध्यान दिन पनि अनुरोध गरे ।

 

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न क्षेत्र, जाति र भाषाको प्रतिनिधित्व हुने खालका साँस्कृतिक प्रस्तुति गरेका थिए । विद्यालयले आफ्नो आन्तिरिक परीक्षामा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई सम्मानसमेत गरेको छ ।

तपाइँको प्रतिक्रिया ।