गढी मर्मत र पुनःनिर्माण सुरु

कपन अनलाइन 

रसुवा, ८ माघ । गत वर्षको भूकम्पले क्षति पु¥याएको रसुवागढीका पर्खाल मर्मत एवम् पुनःनिर्माण सुरु गरिएको छ ।

सहरी विकास तथा भवन डिभिजन कार्यालय रसुवाका प्रमुख राजेन्द्र खतिवडाका अनुसार नेपाल र तिब्बत युद्धको समयमा निर्माण गरिएको ऐतिहासिक गढी भूकम्पले क्षति पु¥याएपछि पुरातत्व विभागको अनुमतिमा मर्मत एवम् पुनःनिर्माण अगाडि बढाइएको हो ।

गढीको पर्खाल भूकम्पले भत्काएको, तत्कालीन समयमा फौजीले कवाज खेल्ने मैदानको डिल भत्केकाले पुरानो स्वरुप नबिग्रने गरी ढुङ्गा काटेर मर्मत गरिएको बताइएको छ । फौजी परिचालनका लागि आदेश दिने हालको मितेरी पुल माथिको कमाण्डर पोस्टमा समेत भूकम्पले क्षति पु¥याएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।