निर्माण सम्पन्न हुनु अगावै हुलाकी राजमार्ग उद्घाटन

कपन अनलाइन / मीन ठकुरी
धनगढी, माघ ७ । निर्माण सम्पन्न नहुँदै कैलालीमा निर्माणाधिन हुलाकी सडक राजमार्गको विहीबार उद्घाटन गरिएको छ । ३० महीनामा काम सक्ने लक्ष्यका साथ सन् २०१० नोभेम्बरदेखि नेपालमै पहिलोपटक कैलालीबाट हुलाकी राजमार्गको निर्माण थालिएको उक्त मार्गको नेपालकमा लागि भारतीय राजदूत रञ्जित रे तथा भौतिक योजना तथा यातायात मन्त्रीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
६२ किलोमिटर हुलाकी राजमार्ग मध्ये वसन्ता वन क्षेत्रको १८ किलोमिटर निर्माण हुन बाँकी छ । सो सडकखण्डमा निर्माण गर्ने भनिएको ६ वटा पुल समेत नबनेको अवस्थामा हतारहतारमा राजमार्गको उद्घाटन गरिएको भन्दै जनस्त्तरबाट त्यसको विरोध गरिएको छ ।
२०६८ सालमा निर्माण शुरु भएको हुलाकी राजमार्ग ३० महीनामा निर्माण सम्पन्न हुने लक्ष्य लिएकोमा हालसम्म अधिकांस सडकको निर्माण अधुरो रहेकै अवस्थामा सस्तो लोकप्रियताका लागि मन्त्री लेखक र राजदूत रेले विहीबार विहान धनगढीको क्याम्पसरोडस्थित एक कार्यक्रमको आयोजना गरि सडकमार्गको उद्घाटन गर्न खोज्दा एमालेका स्थानीय नेता बिरोधमा उत्रिएका हुन ।
सो क्रममा एमाले जिल्ला समिति सदस्य दीर्घराज जोशी सहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएर छोडेको थियो । चर्को विरोधकाबीच उद्घाटन गरिएको उक्त सडकमार्गको विषयमा बोल्दै मन्त्री लेखकले भने, राजमार्गले सुदूरपश्चिमका तराई जिल्लाको आमूल विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ । मन्त्री लेखकका अनुसार कैलालीमा निर्माणाधिन हुलाकी राजमार्गको बाँकी काम नेपाल सरकारले गर्ने बताएका छन् । बाँकी रहेको सडक निर्माणको कामलाई नेपाल सरकारले तोकेकै मितिमा सम्पन्न गर्ने दाबी मन्त्री लेखकको थियो ।
हुलाकी राजमार्ग सडक निर्माणको उद्घाटन गर्दै नेपालका लागि भारतीय राजदूत रेले भने विकास साझेदारीमा नेपाल र भारतसँगको सम्बन्ध सधै सुमधुर रहँदै आएको र आगामी दिनहरुमा पनि थप प्रगाढ बन्दै जाने बताए । भारतले जहिले पनि नेपालको आर्थिक विकास भएको देख्न चाहने असल मित्रको रुपमा रहँदै आएकाले यी दुबै देशबीचको आर्थिक विकास सम्बन्ध सधै सुमधुर हुनेमा जोड दिए ।
भारत सरकारको रू. १ अर्ब ३४ करोडको आर्थिक सहयोगमा निर्माण भइरहेको आयोजनाका लागि ढुङ्गागिटी, बालुवा, माटो र अन्य प्राकृतिक श्रोत नेपाल सरकारले उपलब्ध गराउने सम्झौता थियो ।

योपनि पढ्नुहोस् :  भारतीय राजदूत रणजीत रायलाई कालोझण्डा देखाउने छ जना पक्राउ

तपाइँको प्रतिक्रिया ।