भारतीय राजदूत रणजीत रायलाई कालोझण्डा देखाउने छ जना पक्राउ

कपन अनलाइन 

मिन ठकुरी

धनगढी, ६ माघ । कैलालीको धनगढीमा भारतीय राजदूत रणजीत रायलाई आज कालोझण्डा देखाउने छ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एमाले तथा जनमोर्चा नेपालका कार्यकर्ता रहेका छन् ।
हुलाकी राजमार्गको उद्घाटन गर्न कैलालीको सदरमुकाम धनगढी आई पुगेका भारतीय राजदूत रायलाई धनगढीको क्याम्पस चोकमा कालोझण्डा तथा कालो माला लगाइएको थियो ।
कडा सुरक्षाका बाबजुत कार्यक्रमस्थल पुगेका रायलाई स्वागत गर्ने क्रममा एमाले तथा जनमोर्चाका कार्यकर्ताले कालोमाला लगाएका थिए । कालोमाला तथा झण्डा देखाउने ती कार्यकर्तालाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा लगिएको प्रहरीले जनाएको थियो ।
कालोझण्डा पश्चात हुलाकी राजमार्गको उद्घाटन गर्दै भारतीय राजदूत रणजीत रायले कालोभण्डा र विरोध गर्दैमा राष्ट्रियता नझल्किने बताए । उनले नेपाल र भारतको सम्बन्ध सदियौंदेखि सुमुधर रहेको बताउँदै त्यो सम्बन्धलाई प्रगाढ बनाउनुपर्ने धारणा व्यक्त गरे ।
उनले भने नेपाल र भारतबीचको सम्बन्ध अझ बलियो र मजमुद बनाउन दुवैदेशबीच आपसी भाइचाराको सम्बन्ध बलियो हुनुपर्ने बताए ।

तपाइँको प्रतिक्रिया ।