केपी ओलीलाई जनकपुर आएर देखाउन राजेन्द्र महतोको चूनौती

कपन अनलाइन 

जनकपुरधाम ५ माघ । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले नेकपा एमालेका पार्टी अध्यक्ष  केपी शर्मा ओलीलाई जनकपुर आउन चूनौती  दिएका छन ।

सर्लाहीको एक कार्यक्रममा सहभागि हुन आएका अध्यक्ष महतो जनकपुर विमान स्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै संविधान संशोधन विना सरकारले चुनाव गराउन खोजे आफुहरुलाई मान्य नहुने बताए ।

त्यसैबेला सञ्चारकर्मीको एक जिज्ञासाको जवाफमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुर आउन चूनौती दिँदै पहाड गएर मधेशी विरुद्ध बोले जस्तो तराईमा आएर बोल्न चूनौती दिए ।

उनले भने – “संविधान संशोधन विना चुनावको कल्पना नगरे पनि हुन्छ, यस्तो अवस्थामा यदि चुनाव भए राजा ज्ञानेन्द्रले गराएको चुनाव जस्तो तानाशाही तथा राजतन्त्रवादी चुनाव हुनेछ ।”

तराई मधेशका जिल्लाहरुमा बलिदानी दिवस मनाईरहेको सन्दर्भमा महतोले आजको दिन मधेश र देशकै लागि प्ररणादायी दिन भएको बताउदै सम्पूर्ण शहिदको सपना पुरा नभएसम्म आन्देलन समाप्त नहुने उनले बताए  ।

तपाइँको प्रतिक्रिया ।