दुर्घटनामा परेका घाइतेहरू काठमाडाैंको ट्रमा सेन्टरमा उपचार हुदै
कपन अनलाइन
काभ्रे, ६ माघ । काभ्रेको डाँडापारि गोकुलेमा आज बिहान गाडी दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन् ।
बा१झ ५४०८ नंको जिल्ला कृषि विकास कार्यालयको गाडी दुर्घटना हुँदा गाडीमा रहेका जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत दुर्गाप्रसाद पण्डित, नेकपा (माओवादी केन्द्र)का जिल्ला सचिव इन्द्रबहादुर थिङ र चालक तिलक बस्नेत गम्भीर घाइते भएका छन् ।
गोकुले गाविसबाट घर्तीछापतर्फ आउँदै गरेको गाडी घर्तीछाप–८ कोल्टारमा बिहान दुर्घटना भएको हो । बुधबार डाँडापारि क्षेत्रमा गरिएको कृषि क्षेत्र घोषणा कार्यक्रममा सहभागी भएर आज फर्कने क्रममा उक्त बस दुर्घटनामा परेको हो ।
घाइतेलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी शिव सिम्खडाले जानकारी दिनुभयो । गाडीमा १० जना सवार थिए र गम्भीर घाइते तीनमध्ये अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका डिएसपी नवीनराज राईले जानकारी दिनुभएको छ । रासस