राष्ट्रपतिसँग बिदाइ भेट

कपन अनलाइन 

काठमाडौँ, ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि इन्डोनेसियाका गैरआवासीय राजदूत इवान वीरनता आत्मदजाले राष्ट्रपति कार्यालय, शीतल निवासमा आज शिष्टाचार बिदाइ भेट गर्नुभयो ।

सो अवसरमा उहाँहरुबीच नेपाल–इन्डेनेसियाबीचको सम्बन्ध, सहयोगका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिले नेपाल–इन्डोनेसिया सम्बन्ध विस्तारमा राजदूत आत्मदजाले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो । भेटमा नेपालका लागि इन्डोनेसियाका अवैतानिक वाणिज्य दूत चन्द्रप्रसाद ढकाल र राष्ट्रपतिको कार्यालयका उच्च अधिकारीको उपस्थिति थियो । रासस

तपाइँको प्रतिक्रिया ।