त्रिशूलीमा खसेको ट््याङ्कर फेला प¥यो चालक मृत

त्रिशूलीमा खसेको ट््याङ्कर फेला प¥यो चालक मृत

कपन अनलाइन 

चितवन, ५ माघ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्तर्गत चण्डिभञ्ज्याङ गाविस– ५ कालिखोलाबाट गएराति त्रिशूलीमा खसेर बेपत्ता भएको ट््याङ्कर आज बिहान– ११ बजेतिर फेला परेको छ । ट््याङ्करभित्र सिटमा चालकसमेत मृत अवस्थामा फेला परेका छन् ।

काठमाडाँैबाट बारातर्फ जाँदै गरेको ना ४ ख ४१४३ नं को ट््याङ्कर राति १२ बजेतिर त्रिशूली नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत भेटिएका चालक बारा जिल्ला अमलेखगन्ज निवासी २६ वर्षीय उमेश तामाङ भएको थाहा भएकोे छ । घटनास्थलबाट करिब एक किलोमिटर पश्चिमतर्फ नदीको बीच भागमा ट््याङ्कर फेला परेको हो ।

प्रहरी उपरीक्षक दीपक थापाका अनुसार स्टेरीङ्मा च्यापिएको अवस्थामा चालक भेटिएका हुन । पानीले ट््याङ्करको पछाडिको भागमाथि उठाएकाले फेला पान सहज भएको र ट््याङ्करलाई किनारामा तानेर हेर्दा चालक मृत भेटिएको उहाँले बताउनुभयो ।

ट््याङ्करका सहचालक अमलेखगन्जकै प्रदीप लामा भने पौडी खेलेर बाच्न सफल भएका छन् । दुर्घटनामा परी उनको खुट्टा भाँचिएको छ । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बसलाई उछिन्ने क्रममा ट््याङ्कर त्रिशूलीमा खसेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले रातिदेखि नै ट््याङ्कर र चालकको खोजीकार्य जारी राखेका थिए । रासस

तपाइँको प्रतिक्रिया ।