ठूलो भुँइचालोको डरमा काठमाडौँ
कपन अनलाइन, सम्पादकीय ।
नेपाललाई सदैव भुइँचालो सम्भावित क्षेत्रको रुपमा लिइन्छ । नेपालीले १९९०, २०४५ र २०७२ मा गरी तीनवटा भुकम्प नेपालीले पछिल्ला समयमा प्रत्यक्ष भोगेका छन् । गतवर्ष २०७२ मा आएको भुकम्पले नेपालको मध्यभागमा ठूलो विनाश गर्यो । तर १ वर्ष बित्दा नबित्दै लाग्छ हामी नेपालीले त्यो बिनाश बिर्सिएको झैँ देखिन्छ । भुकम्पप्रतिको सचेतना भौतिक निर्माण र बसोबासमा रत्तिभर देखिएको छैन । सरकारका स्थानीय निकाय पनि यो बारेमा प्रभावकारी सचेतना बाँड्न सकिरहेको छैन ।
यसैबीच अमेरिकी र जापानिज दुई वरिष्ठ प्राध्यापक र एक नेपाली प्राध्यापकले नेपालको भुकम्पीय जोखिमका बारेमा विशेष अध्ययन गरेका छन् । अमेरिकी भूगर्भविद् स्टेभन वेस्नोस्की र जापानिज भूगर्भविद् याशुहिरो कुमाहाराले नेपाली भूगर्भविद् दीपक चौलागाइँसँग मिलेर नेपालको बर्दिबासदेखि बुटवलसम्मको अध्ययनले नेपालको मध्य भाग ठूलो भुकम्पीय खतरामा रहेको बताइएको छ ।
केही महिनाको गहिरो अध्ययनपछि तीन भूगर्भविद्ले नेपालको मध्यक्षेत्र ८ रेक्टरस्केलभन्दा ठूलो भुकम्पीय जोखिमको खतरामा रहेको बताएका छन् । उनीहरुले गरेको अध्ययनले नेपालका ८ रेक्टरस्केलभन्दा माथिको भुकम्प नआएको ५०० वर्ष कटिसकेको हुनाले यो यहाँ भुकम्प जाने अवस्थामा उच्च रहेको छ ।
लामो अध्ययनका क्रममा कतिपय जमिनमुनीको बस्तुहरुको परीक्षण अमेरिकामा गरिएको र उत्खननका काम भएका हुनाले उनीहरुको अध्ययन बस्तुगत भएको बताइन्छ ।
उनीहरुले गरेको अध्ययनको शोधपत्र एक प्रशिद्ध अंग्रेजी जर्नलमा प्रकाशित भएपछि यो बारेमा बहश शुरु भएको छ । नेपालमा अध्ययनका क्रममा उनीहरुले यहाँ भुकम्पको डरालाग्दो खतरा रहेको बताएका छन् । कतिखेर जाने भन्न नसके पनि ८ रेक्टरस्केलभन्दा ठूला भुकम्प जाने कुरा करिब पक्का रहेका उनीहरुको अध्ययनले बताउँछ ।
नेपालमा सन् १२०० ताका ठूलो भुकम्प गएको र त्यो बेला करिब काठमाडौंका एकचौथाई मानिसका साथ राजा अभय मल्लको पनि निधन भएको मानिन्छ । त्यसयता आएका साना ठूला भुकम्पले ठूलो भुकम्पको सम्भावना नटरेको उनीहरुको ठम्याइछ ।
तीन भूगर्भविद्हरुको यो सम्भावनालाई धेरै अघिदेखि नेपालमा सिकाउने प्रयास भए पनि नेपालीहरुको स्वभावअनुसार नै यो विषय एक कानले सुनेर अर्काे कानले उडाउने हैसियत मात्र प्राप्त हुने आफैमा विडम्बना हो । विनाशकारी भुकम्पको परिकल्पना गरेर बस्ती विकास नहुनु नै सम्भवतः काठमाडौंमा भुकम्प जोखिमको आधार बढ्नु हो ।
बस्ती विकास र बसोबास भुकम्प प्रतिरोधक नभएसम्म हामी सुरक्षित भएको आभाष हुन सक्ने अवस्था नभए पनि महाभुकम्प भनिएको ०७२ बैशाखपछि छोटै समयमा हामी भुकम्पको सम्भावनालाई बिर्सिसकेका छौँ । सरकारी निकाय भुकम्पको संभावना छ त भन्छ तर यसको प्रभावकारी बन्दोबस्ततिर भनेर माखो मार्न सकेको छैन ।
०७२ सालको भुकम्पबाट क्षति भएकाले अझै क्षतिपूर्ति र आवाससम्म नपाएको अवस्थामा सरकारी तवरबाट तत्काल सम्भावित भुकम्पका लागि भनेर ठूलो बन्दोबस्त हुने सम्भावना खोज्नु मुख्र्याइँ नै हो । तथापि जनसामान्य आफैमा सचेत हुन सके जोखिम कम हुने कुरामा दुइमत छैन । अध्ययन भ्रमणका अमेरिकी भूगर्भविद् वेस्नोस्कीले भनेको एउटा वाक्यले हाम्रो भुकम्पीय खतरा कति ठूलो छ भनेर अनुमान गर्न सकिन्छ । उनी भन्छन्, “म प्रार्थना गर्छु, कम्तिमा त्यो भुकम्प म नेपाल छँदैमा नआओस् ।”