तारेभीर महोत्सवका लागि बुनपाले पनि चासो लियो, बसको व्यवस्था गर्यो

तारेभीर महोत्सवका लागि बुनपाले पनि चासो लियो,  बसको व्यवस्था गर्यो

कपन अनलाइन, काठमाडौँ । माघ १ गते हुने तारेभीर पर्यटन महोत्सवका लागि सिमाना जोडिएको बुढानिलकण्ठ नगरपालिकाले पनि चासो तथा सरोकार देखाएको छ । गोकर्णेश्वर नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाको सिमानामा रहेको तारेभीरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने हेतुले ०७१ सालदेखि आयोजना हुँदै आएको तारेभीर महोत्सवका लागि पहिलोपटक बुनपाले चासो लिएको हो ।
बुनपा कार्यकारी अधिकृत विश्वराज मरासैनीले महोत्सवको सफलताका लागि बुनपाले विशेषे सहयोग गर्ने बताएका छन् । तारेभीर महोत्सव आयोजक समितिले बुनपालाई औपचारिकरुपमा सहभागि हुन आग्रह गरेपछि आज बुनपा कार्यकारी अधिकृतले सहयोगको वाचा गरेका हुन् । बुनपा सहजीकरण समितिका राजाराम बुढाथोकी, विदुर विक्रम खड्का र रविन अधिकारीसमेतको बैठक बसेका छन् ।

नगर सहजीकरण सदस्य र नगर प्रमुख मरासैनीले तारेभीर महोत्सवसँग बुनपाको पनि अस्तित्व समेटिएको हुँदा सहयोग गर्नुपर्ने बताउँदै तारेभीर महोत्सव जानेहरुका लागि बुढानिलकण्ठ बाट बसको सुुबिधा उपलब्ध गराउने तयारी गरेका छन् । बुढानिलकण्ठको देउवाचोकबाट तारेभीर जानका लागि बसको व्यवस्था भैसकेको छ भने बसमा अपांगहरुका लागि निशुल्क यात्राको व्यवस्था गरिएको छ ।

 

तारेभीर महोत्सव बुनपा कार्यकारी अधिकृत विश्वराज मरासैनीसहित सहजीकरण समितिका सदस्यहरु नेकाका राजराम बुढाथोकी, एमालेका विदुर विक्रम खड्का र माओवादी केन्द्रका रविन अधिकारीसहितका सदस्यहरु पनि तारेभीर महोत्सवमा जाने तयारीमा लागेकाछन् । बुनपाले सबै नगरवासीलाई तारेभीर महोत्सवमा सहभागि हुन अनुरोध गरेको छ ।

फोटो : बिकाससिंग  लामा /कपन अनलाइन डट कम

तपाइँको प्रतिक्रिया ।