चट्टान बचत तथा ऋण सहकारी संस्थाको तेस्रो साधारण सभा सम्पन्न

काठमाडौ कपनस्थित चट्टान बचत तथा ऋण सहकारी संस्थाले आफ्नो तेस्रो साधारणसभा तथा वार्षिकोत्सव सम्पन्न गरेको छ । कपन पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा संस्थाको आयव्यय तथा आगामी कार्यक्रमको बारेमा प्रतिवेदन तथा छलफल भएको थियो ।

चट्टान बचत तथा ऋण सहकारी संस्थाको तेस्रो साधारण सभा /    फोटो कपन अनलाइन

बौद्ध प्रहरी वृत्तकाका प्रमुख श्याम ज्ञवालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमले आगामी २ वर्षे कार्यकालका लागि अर्जुनप्रसाद खतिवडाको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति निर्माण गरेको छ । नयाँ कार्यसमितिमा उपाध्यक्षमा दिलबहादुर पुरी, सचिवमा दामोदर भट्टराई, कोषाध्यक्षमा राजु विक्रम थापा तथा सदस्यहरुमा शिवलोचन पराजुली, रिता रिसाल, कृष्णप्रसाद नेपाल निर्विरोध निर्वाचित भए ।

साधारणसभाले संस्थालाई नाफामूलक मात्र नभई सामाजिक क्षेत्रमा पनि सक्रिय बनाउनतिर लाग्ने कार्ययोजना बनाएको छ । साधारणसभामा शेयर होल्डर सदस्यलाई नगद बोनस बाँडिएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।