आगामी पौष २७ गते बुढानिलकण्ठ नगरपालिकाको नयाँ बजेट
कपन अनलाइन
काठमाडौँ । बुढानिलकण्ठ नगरपालिकाले आगमी पौष २७ गते आफ्नो दोश्रो बजेट परिषद गर्दैछ । बूढानीलकण्ठ नगरपालिकाले आगामी आव २०७४÷०७५ का लागि रु २६ करोड ६४ लाख ६१ हजार ३२ को बजेट प्रस्तुत गर्ने तयारी गरिरहेको नगरपालिका सम्बन्ध स्रोतले कपन अनलाइनलाई बताएको छ।
कुल बजेटमध्ये आन्तरिक आयतर्फ रु १४ करोड १ लाख २ हजार ५ सय ३२ रुपियाँ रहेको छ । यसैगरी, नेपाल सरकारबाट प्राप्त हुने अनुदान रु १० करोड ३६ लाख ५८ हजार ५ सय रहेको छ ।
नगरपालिकाले १९ ओटा वडाहरुमा सार्वजनिक निर्माण तर्फ ६ करोड ९१ लाख २० हजार रुपयाँ छुट्याइएको छ जसमध्ये नगरपालिका भरी १ सय ५९ योजनाहरू रहेका छन् ।
महिला तर्फ ८ करोड १४ लाख ५ हजार रुपियाँ छुट्टाइएको छ । जसमध्ये १९ ओटा वडाहरुका महिलाहरुले १४ ओटा कार्यक्रम गर्ने तय गरिएको छ ।
बालबालिकातर्फ १२ करोड ६५ लाख ५ हजार रूपयाँको कार्यक्रम रहेको छ । जसलाई ४५ छुटा –छुट्टै कार्यकमहरु मार्फत १९ वडालाई नगरले उपलब्ध गराउने छ ।त्यस्तै लक्षित वर्ग तर्फको जनजाती, जेष्ठ नागरिक र अपाङ्ग हरुको बजेट १२ करोड १५ लाख रुपियाँ रहेको र त्यलाई ८८ ओटा संग संस्था र समुदायलाइ भिन्न कार्यक्रम मार्फत १९ ओटा वडा मा बाँडिएको छ ।
प्रसाशनिक तर्फ ६ करोड रुपयाँ र पुजीगत तर्फ २० करोड ६४ लाख ६१ हजार ३२ रूपयाँ खर्चहरु छुट्याइएको स्रोतको दावी छ । नगरको कुल बजेटमा बालबालिकाको लागि १० प्रतिशत महिला हरुको लागि १० प्रतिशत लक्षित वर्गको लागि १५ प्रतिशत छुट्याउनुपर्ने प्रावधान रही आएको छ ।