सप्तदेव सहकारी को साधारण सभा सम्पन्न

सप्तदेव  बचत तथा ऋण सहकारी ले बौद्ध छ स्थित कपन पाटिप्यालेस को हलमा  मा आफ्नु तेस्रो  साधारण सभा सम्पन्न गरेको छ । काठमाडौं जिल्लाको उतरी भेगमा अवस्थित कपन गाविस तथा आसपस बसोवस गरेका केही गरौ भनी सोच बोकेका यूवा हरुले आज भन्दा  तीन वर्ष पहिला स्थापना गरेको यस सहकारिले ३ वर्षे कार्य अविधिमा रु ३ करोड भन्दा बढिको कारोबारा गरिसकेको छ !

कार्यक्रममा संस्थाका अध्यक्ष कुमार कुइकेलले संस्थाको बार्षिक प्रगति प्रतिबेदन, कोषाध्यक्ष पुरुषोतम  सापकोटा ले आर्थिक प्रतिबेदन  र लेखा संयोजक पुन्ये राज पुडासैनि ले सुझाव प्रस्तुत गर्नु भएको थियो । संस्था का प्रवन्धक पुरुषोतम नेपाल ले संचालन गर्नु भएको कार्यक्रममा विशेष अथिति नेपाल वचत तथा ऋण केंद्रिये सघका संचालक परितोस पौडेल  हुन्थ्यो!

२०६६ सालमा स्थापना भएको सप्तदेव बचत तथा ऋण सहकारी संस्थामा १ सय ३० जना सदस्य रहेका छन् । एक करोड ४४  हजार ५३५ सिक्षेप संकलन गरेको संस्थाले १,०१,३६,३४७ रुपैया ऋण लगानी गरेको संस्थाले आफ्नो   बार्षिक प्रगति प्रतिवेदन मा उल्लेख गरेको छ !

संस्था नेतृत्व परिवर्तन

केही दिनदेखी नेतृत्व परिवर्तनको सरा कसी चलेको सप्तदेव बचत तथा क्रृण सहकारी संस्थाले नयाँ नेतृत्व चयन गरेको छ । नर्या कार्य समितिमा शंकर राज न्यौपाने अध्यक्ष, विष्णु सापकोटा उपाध्यक्ष, पुरुषोत्तम सापकोटा सचिव, गोविन्द न्यौपाने कोषाध्यक्ष, सदस्यहरुमा बालकृष्ण भट्टराई, मञ्जु कुईकेल, कृष्ण डोटेल रहेका छन् । लेखा समितिमा भने पुर्णतया हेरफेर भएको छ, सो क्रममा अघिल्लो कार्यकालमा पुण्यराज पुडासैनीको संयोजकत्वमा रहेको सम्पुर्ण सदस्यलाई हटाई रामचन्द्र धिताल को संयोजकत्वमा नयाँ लेखा समिति बनाइएको छ । यो संगै केहि समय देखि चलेको नेतृत्वको रसाकसी केहि दिनका लागी भए पनि साम्य भएको विश्वास गनै सकिन्छ । आगामी दिनमा यो घटनाले कुन मोड लिनेछ त्यो भने हेर्न बाकि नै छ । अन्त्यमा नवनियुक्त कार्य समितिलाई कपन अनलाईनको तर्फबाट हार्दिक बधाईका साथै सफल कार्यकालको शुभकामना ।

सप्तदेव सहकारी को साधारण सभा का फोटो हरु :

 

तपाइँको प्रतिक्रिया ।