काठमाडौँमा ९ स्थानीय निकाय
कपन अनलाइन
काठमाडौँ : सरकारले देशभर जम्मा ७११ वटा स्थानीय निकाय बनाउने तयारी गरेको छ । ठूलो र प्रभावकारी स्थानीय सरकार बनाउने अभियानमा काठमाडौँ जिल्ला ९ वटा मात्र स्थानीय निकाय बन्ने भएको छ । काठमाडौँ जिल्लामा काठमाडौँ महानगरपालिका र ८ वटा नगरपालिका हुनेछन् ।
८ वटा नगरपालिकाहरूमा कागेश्वरी मनहरा नगरपालिका, कीर्तिपुर नगरपालिका, गोकर्णेश्वर नगरपालिका, चन्द्रागिरी नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, नागार्जुन नगरपालिका, बूढानीलकण्ठ नगरपालिका रहने जनाइएको छ । यसरी ९ वटामात्रै स्थानीय निकाय बन्दा यसअघिका कतिपय स्थानीय निकायलाई मर्ज गर्नु पर्ने देखिन्छ ।
मौजुदा नगरहरूलाई मर्ज गर्दा वडाहरू बढ्ने तथा हाल भएका वडा सिमाना र इकाइ परिवर्तन हुनेछ । नयाँ स्थानीय निकाय सिफरिससँगै असन्तुष्टि व्यापकरूपमा बढेको बताइएको छ ।
तपाइँको प्रतिक्रिया ।