मेलम्चीको धिताल कटेजमा आगलागी

कपन अनलाइन 

सिन्धुपाल्चोक: मेलम्ची नगरपालिका–७ बस्ने सिता धितालको कटेजमा आगलागी भएको छ ।विहिबार ग्याँस सिलिण्डर लिंक भई आगलागी भएको हो । आगलागी हुदाँ नगद २० हजार रुपैयाँ सहित करीव ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बतायो  ।

तपाइँको प्रतिक्रिया ।