आजदेखि फेरि हिन्दी फिल्म लाग्यो

नेकपा माओवादीले राष्ट्रियताको नाममा पछिल्लो एकहप्तादेखि चल्न नदिएको हिन्दी सिनेमा आज देखि फेरि चल्न शुरु भएकोे छ । के का लागि बन्द गरिएको थियो र के का लागि खोलियो भन्ने कुरा खुल्न नसकेको अवस्थामा फेरि हिन्दी फिल्मी प्रेमीहरु नेपाली हलहरुमा ओइरो लागेका छन् ।

नेकपा-माओवादीले नेपाल भरका हलहरुमा लगाएको हिन्दी फिल्ममाथिको प्रतिबन्ध आजदेखि हटेको छ। आजदेखि काठमाडौँका हलहरुले फेरि हिन्दी फिल्म लगाउन थालेका छन्। हिन्दी फिल्म फेरि चल्न थाले पनि हलहरुले नयाँ फिल्म भने ल्याएका छैनन्।

काठमाडौँका मल्टिप्लेक्स हलहरुमा पुरानै हिन्दी फिल्म बर्फीओह माइ गडलगाइएका छन्। विदेशी फिल्ममाथि प्रतिबन्ध लगाइएका कारण हलहरुमा अंग्रेजी फिल्म पनि चलेका थिएनन्। आजदेखि मल्टिप्लेक्स हलहरुमा रेजिडेन्ट एभिल पनि चल्न थालेको छ।

तपाइँको प्रतिक्रिया ।