फेमिलियरको राष्ट्रिय अभियान, विभिन्न क्षेत्रका व्यक्ति सम्मानित

फेमिलियरको राष्ट्रिय अभियान, विभिन्न क्षेत्रका व्यक्ति सम्मानित

कपन अनलाइन 
काठमाडौँ : नेपालमा आयुर्वेदिक तथा प्रकृतिजन्य बिभिन्न वस्तु र सामग्रीहरु उत्पादन गरी आफ्नो व्यावसाय विस्तार गर्नको लागि वर्ड मार्ट युनिक सोलुसन प्रालीले अभियान  सञ्चालन गरेको छ ।

स्वेदेशी आयुर्वेदिक उत्पादनको प्रयोग र प्रवद्ध,दीर्घकालिन स्वास्थ्य सौन्दर्य एवम् अर्थतन्त्रका लागि फेमिलियर अभियान भन्ने मूल नाराका साथ   राजधानीमा जिल्लास्तरीय सेमिनार तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । वल्र्ड टे«ड सेन्टर त्रिपुरेश्वरमा वन तथा भूसंरक्षणराज्य दीर्घराजभट्टको प्रमुख आतिथ्य सम्पन्न कार्यक्रममा बिभिन्न सौन्दर्य पेशाकर्मीहरुलाई सम्मान गरिएको थियो  ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वन तथा भूसंरक्षणराज्य दीर्घराज भट्टले प्राकृतिक सम्पदाले भरिपुर्ण नेपालमा प्रशस्त जडुबुटी भएर पनि त्यसको प्रशोधन हुन नसक्दा खेर गइरहेको बताएका थिए  । वर्ड माडर्ट युनिक सोलुसन प्रालीले स्वदेशी वहुमूलय जडिबुटीको प्रयोग र प्रशोधन गरी फेमिलियर ब्रान्डका बिभिन्न सौन्दर्य सामग्री उत्पादन गरेर नेपालको अर्थ विकासमा जोड दिएको बताउदै मन्त्री भट्टले अब आफूले पनि यस बिषयमा सरकारको ध्यानाकर्षण गराउँने  र  नेपाली उत्पादनमार्फत राष्ट्र विकासमा लागेका युवाहरुसगं आफूहरुले सहकार्य गर्ने बताए  ।

कार्यक्रममा उपस्थित भएका बिभिन्न सौन्दर्यकर्मीहरुले फेमिलियरका उत्पादनबारे जिज्ञासा राखेका  थिए भने सौन्दर्यविद् जानुकी श्रेष्ठले त्यसको सहजीकरण गरेकीथिइन्  ।

सम्मानितहुने हरुमा  बरिष्ठ गायक शिशिर योगी,अभिनेत्री दीपाश्री निरौला,सौन्दर्यकर्मी जानुकी श्रोष्ठ,  कलाकार एवम् सौन्र्यविद् राधा लम्साल भावु लगायत २० बर्षसम्म सौन्दर्यको क्षेत्रमा सेवा प्रदान गरेका व्यक्तिहरु रहेका छन्   ।

तपाइँको प्रतिक्रिया ।