गोलीप्रहार गरी लुटपाट
कपन अनलाइन
उर्लाबारी (मोरङ): मोरङको विराटनगर–२१ मा गएराति अज्ञात समूहले गोली प्र्रहार गरी मनीचेञ्जर सञ्चालकको साथबाट रु पाँच लाख लुटेर फरार भएका छन् । राती ८ः३० बजेतिर को ११ प २३७४ नम्बरको मोटरसाइकलमा घर फर्कँदै गरेका क्रितेश मनी मन्जीचेन्जरका सञ्चालक विराटनगर–१९ का ४० वर्षीय बटेशकुमार साहमाथि गोली प्रहार भएको हो ।
गोली प्रहार गरेर सो समूहले साहको साथमा रहेको रु पाँच लाख लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।
दायाँ हात र दायाँ तिघ्रामा गोली लागेर घाइते भएका साहको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । दुईवटा मोटरसाइकलमा चारजनाको समूहमा आएका लुटेराको खोजी भइरहेको मोरङ प्रहरीले जनाएको छ । रासस
तपाइँको प्रतिक्रिया ।