यौन उपचारको उत्कृष्ट गन्तव्य बुद्धमाई हस्पिटल टेकु

कपन अनलाइन

बुद्धमाई हस्पिटल टेकुमा यौनरोग उपचार शुरु भएको छ । यस हस्पिटलमा  बिबिध यौनरोगलाई आर्यूर्वेदिक पद्धतिबाट उपचार गरिने डा. विमलकुमार शाहले कपन अनलाइनलाई बताए । यौन रोगको उपचार एलोपेथीकभन्दा आर्यूर्वेदिक पद्धतिबाट बढि प्रभावकारी भएको हुँदा उत्कृष्ट आर्यूर्वेदिक औषधीहरुका साथमा उपचार गरिने डा. शाहले बताए ।



करिब १ दशकदेखि काठमाडौंको टेकुमा डेकेयर सर्जिकल सेन्टरको रुपमा सक्रिय रहेको बुद्धमाई सर्जिकल हस्पिटलमा यसै साताबाट यो उपचार सेवा शुरु भएको छ । नेपाली समाजमा यौनसम्बन्धि समस्या र जिज्ञाशा धेरै भए पनि सामाजिक परिधिले यो विषय गुमसुम अवस्थामा रहेको हुनाले त्यसलाई रोगको रुप लिनु अगावै उपचार वा परामर्श लिनका लागि यो सेवा शुरु गरेको मुत्र तथा यौनरोग विशेषज्ञ डा. शाहले बताए ।

नेपाल आर्यूर्वेदिका कच्चा पदार्थका लागि नेपाल विश्वकै उत्कृष्ट क्षेत्र भएको हुनाले यहाँका औषधिहरुलाई सदुपयोग गरी उत्कृष्ट औषधोपचार सेवा दिन यस केन्द्रमा उपचार सेवा शुरू गरिएको हो । उपचारका लागि आवश्यक आर्युर्वेदिक औषधी  पनि नेपालका केही उत्पादकहरुसँग गुणस्तर मापन गरेर  लिएको शाहले बताए ।

 

कहिलेकाहिँ विरामीको अवस्था हेरी उपचार गर्न पर्ने भएकाले आफैले बनाएर आयुर्वेदिक औषधी दिने व्यवस्थासमेत गरिएको उनले बताए । त्यसका लागि आर्यूर्वेदिक परामर्शदाताको व्यवस्थासमेत बुद्धमाइ हस्पिटलले गरेको छ । डा शाहका अनुसार  नेपाली माटोमा पाइने सेतो मुस्ली, अश्वगन्धा, जावित्री, विदारीकन्द, अकरकारा, गोखरु, जिन्को, सिलाजितजस्ता आर्यूर्वेदिक औषधीजन्य वनस्पतिबाट बनेका गुणस्तरीय कच्चा पदार्थको सम्मिश्रण औषधिबाट उपचार गरिने उनले बताए । यो अत्यन्त प्रभावकारी, गुणस्तरीय र विश्वसनीय रहेको र विरामीहरू लाभान्वित भएको डा. शाह भने । 

टेकुमा रहेको नेशनल ट्रडिङ अगाडि विजनेश पार्कको एफ ब्लकमा रहेको बुद्धमाई हस्पिटलमा शुरु हुन लागेको यौन उपचार सेवालाई प्रभावकारी र उत्तरदायी बनाउन क्याम्पहरु गर्ने डा शाहले कपन अनलाइनलाई बताए ।

तपाइँको प्रतिक्रिया ।