गाउँ केन्द्रीत विकासमा जोड सभासद् डा. गुरुङ

गाउँ  केन्द्रीत विकासमा जोड सभासद् डा. गुरुङ

कपन अनलाइन 
नेकपा एमालेका सभासद् तथा प्राध्यापक डा. गणेशमान गुरुङले पछिल्लो समयमा शहर केन्द्रीत विकास बढ्दै गएको भन्दै गाउ केन्द्रीत विकासमा जोड दिनुभएको छ । हिजो बुद्द नि.मा.वि आरुचौर ९ स्याङजाको दुई कोठेपक्की भवनको शिलान्यास तथा मोटरबाटो उद्दघाटन गर्दै गुरुङले यस्तो वताउनुभएको हो ।

 

गाउको विकासमा सवै एक जुट हुनुपर्ने भन्दै उहाले जस्तोसुकै परिस्थितीमा पनि आफ्नो सहयोग जारी रहने उल्लेख गर्नुभयो । कार्यक्रमका विशिष्ट अतिथी तथा कपन बहुमुखी क्याम्पस काठमाण्डौका क्याम्पस प्रमुख भुमिदत्त पौडेलले पछिल्लो समय युवा गाउवाट पलायन भएकोमा दुख व्यक्त गर्दै गाउको विकासमा एकजुट हनुपर्ने तथा खुल्ला हृदयले सहयोग गर्न सवै गाउवासीलाई आग्रह गर्नुभयो ।


विद्यालय व्यवस्थापन समितीका अध्यक्ष गंगाप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका पुर्व अध्यक्ष गोविन्दप्रसाद पौडेल ,विद्यालयका संस्थापक लिलानाथ पौडेल, प्रध्यानध्यापक यमप्रसाद पौडेल, सर्वोदय मा.वि स्रोतकेन्द्रका श्रोतब्यक्ति जयप्रसाद चापागाई, गाउशिक्षा समितीका अध्यक्ष वोलाकान्त पौडेल, सक्रिय युवा प्रतापराज पौडेल सर्वोदय मा.वि का सहायक प्राध्यानध्यापक इश्वरीप्रसाद चापागाई, लगायतले आ—आप्mनो भनाई राख्नुभएको थियो ।

 

कार्यक्रमको सञ्चालन ग्रामिण मोटरवाटो निर्माणका अध्यक्ष तथा घण्टे मा.विका शिक्षक फणिन्द्रराज पौडेलले गर्नुभएको थियो । आर्थिक वर्ष २०७३÷७४ मा सोही विद्यालयलाई पक्कीभवन निमाणार्थ वीस लाखको परियोजना जिल्ला शिक्षा कार्यलयवाट पारित गरिएको छ । साथै विद्यालयमा शैक्षिक, भौतिक तथा आर्थिक, सहयोग गरेकोमा विभिन्न व्यक्तिव्वलाई सम्मान गरिएको थियो । साथै विद्यालयमा विभिन्न सास्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।