कुसंस्कार अन्त्य गर्न सबै कटिबद्ध हुनुपर्छः साउद

कुसंस्कार अन्त्य गर्न सबै कटिबद्ध हुनुपर्छः साउद

कपन अनलाइन 

एकेन्द्र महता

अछाम  ब्यावस्थापिका संसद सदस्य जानकी साउद (रावल) ले समाजमा रहेका छाउपडी प्रथा लगायत अन्य कुप्रथाहरुको अन्त्य गर्न सबै जना कटिबद्ध हुनुपर्ने बताएईन् ।

 

सदरमुकाम मंगलसेनमा सुदूरपश्चिमको जनजिवनमा आधारित चेतनामुलक लघु चलचित्र कोपिलाको प्रदर्शनी कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

 

उनले समाजको बिकृति हटाउन सबै अधिकारकर्मी एकजुट हुनु पर्ने बताईन् । उनले अछाममा पछिल्लो समय भएको घट्नाप्रति प्रधानमन्त्रीले समेत चासो ब्याक्त गरेको बताउदै कुरीती अन्त्यका लागि अछाममा बिशेष अभियान चलाउन जरुरी रहेका बताईन् ।

तपाइँको प्रतिक्रिया ।