विधेयक संसद्मा पेस गर्न नदिने: भट्टराई

विधेयक संसद्मा पेस गर्न नदिने:  भट्टराई

कपन अनलाइन 

काठमाडाँै, १६ पुस । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले संविधान संशोधन विधेयक व्यवस्थापिका संसद्मा पेस गर्न नदिने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल अनलाइन प्रतिष्ठानले आज नयाँ बानेश्वरमा संशोधन प्रस्तावको विरोधमा ‘सडकबाटै समाचार लेखन’ कार्यक्रममा उहाँले सरकारले विधेयक जबरर्जस्ती पेस गर्न खोजे उच्चतम ढङ्गले प्रतिवाद गरी पेस गर्न नदिने बताउनुभएको हो ।

सचिव भट्टराईले सरकारले सर्वोच्च अदालतमा विचाराधिन मुद्दालाई संसद्मा ल्याएर संसद् र न्यायपालिकाबीच विवाद ल्याउन खोजेको आरोप लगाउँदै ‘‘व्यवस्थापिका र न्यायपालिकाले एक अर्कालाई नियन्त्रण र सन्तुलन गरेका हुन्छन्, तर अहिले सरकार संसद्को सर्वोच्चतालाई खलबल्याउनका लागि अदालतमा विचाराधिन मुद्दालाई संसद्मा ल्याउन खोज्दै छ भन्नुभयो ।’’

एमाले प्रचार विभाग प्रमुखसमेत रहनुभएका भट्टराईले निर्वाचनको माध्यमबाट मुलुकमा स्थायित्व कायम गराउनु अहिलेको आवश्यकता हो भन्नुभयो ।

सो अवसरमा प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष माधव नेपाल र महासचिव राजेश राईले विधेयक संविधान र नेपाली जनता हितविपरित भएको भन्दै सञ्चारकर्मीले त्यस्ता विधेयकका विरुद्ध समाचार सम्प्रेषण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । रासस

सुन्नुहोस् अडियो 

तपाइँको प्रतिक्रिया ।