लुम्बिनी अञ्चल अस्पतालमा नयाँ सेवा सुरु

कपन अनलाइन 

तिलोत्तमा(रुपन्देही), १६ पुस । लुम्बिनी अञ्चल अस्पताल बुटबलमा दूरबिनबाट पत्थरी निकाल्ने पद्धति ल्यापरोसी सेवा शुक्रबारदेखि सुरु भएको छ ।
लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विकास देकोटाले अस्पतालका शल्यचिकित्सकको टोलीले सेवा सुरु गरेको जानकारी दिनुभयो । बुटवल– १३ देवीनगरकी रीता नेपालीले उक्त सेवा लिएर उद्घाटन गरिएको अस्पतालले जनाएको छ । अञ्चल अस्पतालमा सुरु भएको सो सेवा शल्यक्रिया विशेषगरी स्त्रीरोगका लागि लाभदायक हुने छ । रासस

तपाइँको प्रतिक्रिया ।