छाउपडी कुप्रथा विरुद्ध अभियान चाल्यो १० बर्ष मा ९ जना महिलाले ज्यान गुमाएको तथ्यांक
कपन अनलाइन ,१४ पुस अछाम ।
एकेन्द्र महता
अछाम जिल्ला प्रशासन कार्यालय अछामले छाउपडी लगाएतका कुप्रथा विरुद्ध सामुहिक प्रतिबद्धता अभियान सञ्चालन गरेको छ । अछाम विल्लामा हाल व्याप्त छाउपडी कुसंस्कारको कारण विगत १० बर्ष यता ९ जना महिलाहरुले छाउपडी गोठभित्र अकालमै मृत्यु थियो । यही मंसिर ३ गते जिल्लाको तिमिल्सैन गाविस ७ निवासि डम्वरा उपाध्यायको र पौष ३ गते गाज्रा ७ कि कक्षा ९ मा अध्ययनरत किशोरी रोशनी तिरुवाको छाउपडी गोठ भित्र अकालमै दुखद निधन भएको थियो ।
कार्यालयले यस्ता कुसस्कारका कारण मृत्यु भएका किशोरी तथा महिलाहरु प्रति गहिरो समबेदना प्रकट गर्दै महिलाहरुको सम्मान पूर्वक बाँचन पाउने अधिकारको संरक्षण गर्न र भावी सन्ततीहरु यस्ता बुसस्कारको शिकार हुन नपरोस भनेर जिल्ला वासी एवम् अछाम विल्लामा कार्यरत कर्मचारी लगाएतले आगामी दिनमा समाजको कलंकको रुपमा रहेको छाउपडी कुप्रथा, बालविबाह लगाएतका अन्य कुसस्कार र कुप्रथाका विरुद्ध सामुहिक प्रतिबद्धता समेत जाहेर गरेको छ ।
कार्यालयमा आउने सेवाग्राहीहरुलाई पनि छाउपडी लगाएतका कुसस्कार र कुप्रथा को अन्त्यका लागि लाग्न आग्रह गर्ने पनि जनाईएको छ । यसपछी लगत्तै जिल्लामा रहेका कार्यालयका कार्यालय प्रमुखहरुको बैठक बसी सम्पुर्ण कार्यालयमा आउने सेवाग्राहीहरुलाई पनि यो अभियानमा सक्रिय गराउने जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी आनन्द शर्मा भुसालले बताउनु भयो ।
अछाम जिल्लाका महिलाहरु महिनावारी भएका बेला साना तथा असुरक्षित छाउगोठमा सामूहिक रूपमा कस्टकर रुपमा बस्ने गरेका छन । यसरी बस्दा विभिन्न रोगको सिकार बन्ने त छदैँ छ त्यसै माथि बलात्कारका घटनाहरु हुने र ज्यानै जाने गरेको छ ।
अछाम जिल्लामा विगत १० बर्ष यता ज्यान गुमाउनेको नामावली१. रोशनी तिरुवा गाज्रा–७
२. डम्मरा उपाध्याय तिमिल्सैन–७
३. शर्मिला भुल रिडिकोट–३
४. लक्ष्मी बुढा ढकारी–४
५. झुमादेवी शाही बारला–१
६. किडी ढकाल वीरपथ–७
७. रतनदेवी बिक पायल–५
८. झुप्री ढोली पायल–२
९. पार्वती दमाई पायल–२