जाँड खाएर हानाहान, प्रहरीसमेत घाइते

जाँड खाएर हानाहान, प्रहरीसमेत घाइते

कपन अनलाइन, पौष ५, २०७३

बुढानिलकण्ठ नगरपालिका १४ मा गए राति जन्मदिनको पार्टीमा अत्याधिक मदिरा सेवन गरेका व्यक्तिहरूले झगडा गर्दा रातभर  तनावग्रस्त बन्यो  । स्थानीय आदर्शनगर टोलमा भएको घरायासी जन्मदिनको पार्टीमा समावेस भएकाहरुले मदिरा सेवन गरी गरेको झगडामा दोहोरो इँटा हानाहान भएको थियो । इँटा हानाहान भएपछि टोल बासीहरू रातभरि सुत्न सकेनन् । टोलमा हानाहान हुन थालेपछि टोलबासीले मेट्रो कन्ट्रोललाई फोन गरे । फोनपछि  कपन प्रहरी प्रभागबाट प्रहरी गएको थियो ।

प्रहरी घटनास्थल पुग्दा मदिरासेवन गरेका युवाहरूले प्रहरीलाईनै ढुङ्गा हान्न थाले ।  प्रहरीले घटनामा टाउकोमा चोट लागेको व्यक्तिलाई उद्धार गर्न खोज्दा प्रहरीमाथी नै जाइलागेको बताइएको छ । यसरी टाउको फुट्नेमा राजन पौडेल ट्याक्सी चालक  पार्टीमा सहभागी सहभागि थिए । जाँड खाएका व्यक्तिहरूले कपन प्रहरीमा कार्यरत प्रहरी जवान युवराज घिमिरेलाइ घेराबन्दी कुटपिटमा उत्रिइएको जनाइएको छ ।

प्रहरी जवानलाई लक्षीत गरी हेल्मेट प्रहार गरिएको तर टाउको जोगाउदा घिमेरेको गर्दनमा चोट लागेको छ । जिल्ला सुनसरी घरभई हाल काठमाडौँ थली बस्ने २४ वर्षका प्रमोद पुरी र जिल्ला सोलुखुम्बु घरभई हाल काठमाडौँ कपन बस्ने २१ वर्षका दिपक भारतीलाई प्रहरीले नियन्त्रण लिएको । पुरी र भारतीलाई आवश्यक कारबाहीको लागि बौद्ध प्रहरी पठाइएको कपन प्रहरी प्रभागले जनाएको छ ।

टाउको फुटेका पौडेल
तपाइँको प्रतिक्रिया ।