आज हुने भनिएको ह्याण्डबलको फाइनल खेल अग्रिम सूचना बिनानै स्थगित

कपन, असोज १५÷ काठमाडौं जिल्ला ह्याण्डबल संघको आयोजनामा कपनस्थित ह्याण्डबल खेल मैदानमा सञ्चालन भइरहेको दोस्रो अन्तरविद्यालयस्तरीय ह्याण्डबल प्रतियोगिताको आज हुने भनिएको फाइनल खेल, खेल मैदान मा कुनै सुचना टास  बिनानै स्थगित भएकोछ । तर खेल मैदानमा भने खेल हेर्न आउने  दर्सक  आइरहेका देखिन्थे! आगामी डिसेम्बरमा हुन लागेको एसियाली च्याम्पियनसीपका लागि खेलाडी छनौट गर्न खेल प्राविधिकहरु व्यस्त भएका कारण देखाउदै आजको खेल स्थगित भएको स्रोतले जनाएको छ ।

यस सन्दर्भमा काठमाण्डौं जिल्ला ह्याण्डबल संघका सचिव दामोदर भट्टराईलाई कपन अनलाइनले सोध्दा उनले सबै राष्ट्रिय दैनिकहरुलाई जानकारी  गराएको बताए । तर ती दैनिकहरुले नछापेको कारणले यो सूचना थाहा हुन नसकेको हो भन्ने जवाफ दिए । त्यसै गरी खेल मैदानमा सूचना किन टाँस नगरेको भन्दा उनले चित्तबुझ्दो जवाफ दिन सकेनन् ।

 

तपाइँको प्रतिक्रिया ।