सुशिल कोइराला आक्रमण काण्डको छानविनका लागि कांग्रेसले समिति बनायो

नेपाली कांग्रेसका सभापति सुशिल कोइरालालाई लक्षित गरी हिजो भएको आक्रमणको छानविनका लागि ने.का ले समिति निर्माण गरेको छ । कपनमा भएको क्षेत्रीय सम्मेलनको उद्घाटनमा प्रमुख अतिथि भएर आएका सुशिल कोइरालालाई नेविसंघका पूर्व क्षेत्रीय अध्यक्ष प्रवेश वस्नेतले आल्मुनियमको फ्रेमले आक्रमण गरेका थिए । आक्रमणबाट ने.का. सभापति खासै चोटिल नभए पनि उनलाई बचाउने क्रममा क्षेत्र नं. ४ का सचिवहरु नर्वदा पोखरेल र श्यामकृष्ण संगत घाइते भएका थिए ।

यस विषयमा नेपाली कांग्रेसले आक्रमणको घोर भत्र्सना गर्दै ने.का. क्षेत्रीय अध्यक्ष न्हुच्छे नारायण श्रेष्ठको संयोजकत्वमा अच्यूत पौडेल, विनोद चालिसेलगायत ५ सदस्य रहने गरी समिति बनाएको हो । समितिले १ महिनाभित्रमा प्रतिवेदन तयार पार्नेछ ।

तपाइँको प्रतिक्रिया ।