कोसी टप्पु वन्यजन्तु आरक्षको संरक्षणमा समस्या

कोसी टप्पु वन्यजन्तु आरक्षको संरक्षणमा समस्या

कपन अनलाइन, इनरुवा, १३ मङ्सिर ।

पूर्वी नेपालको पर्यटकीय क्षेत्रको रुपमा रहेको कोसी टप्पु वन्यजन्तु आरक्षमा संरक्षणको समस्या देखिएको छ ।

आरक्षसँगै रहेको मध्यवर्ती क्षेत्रका समूह र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको कार्यकाल समापन भएका कारण आरक्षको संरक्षणमा समस्या देखिएको हो ।

तीन जिल्लामा फैलिएर रहेको आरक्षको संरक्षणमा सप्तरी, उदयपुर र सुनसरीका मध्यवर्ती क्षेत्रका जनताको पहल र प्रयास आवश्यक भए पनि त्यसमा समन्वयको अभावले आरक्षको संरक्षणमा समस्या देखिएको स्थानीय संरक्षणकर्मी राजकुमार सिंहले बताउनुभयो ।

आरक्षको संरक्षणमा सरकारी बजेट अभाव र आरक्षका संरक्षण अधिकृतको कमजोरीको कारणले समस्या देखिएको सिंहको भनाइ छ । आरक्षमा संरक्षित वन्यजन्तुको संरक्षण तथा बासस्थानको व्यवस्थापन, घरेलु तथा छाडा चरिचरण र प्रचारप्रसार अभावका कारणले आरक्षको संरक्षणमा ठूलो समस्या रहेको कोसी टप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहको भनाइ रहेको छ ।

यहाँ खुल्ला र छाडा चरिचरणको कारणले आरक्षमा संरक्षण चुनौतीसँगै विभिन्न रोग पाल्तु जनावरबाट जङ्गली जनावरमा सर्ने सम्भावना समेत उच्च रहेको साहको ठम्याइ छ । रासस

तपाइँको प्रतिक्रिया ।