बद्रि अधिकारीको संयोजकत्वमा बुनपा वडा नं. १८ को नागरीक वडा मञ्च गठन

बद्रि अधिकारीको संयोजकत्वमा बुनपा वडा नं. १८ को नागरीक वडा मञ्च गठन

कपन अनलाइन, ११ मंसिर, २०७३

badri-adhi
संयुक्त वडा सचिव मुकुन्द खड्काले वडा नागरीक मञ्च गठन हुन नसकेकोले चिन्ता व्यक्त गरेको तेस्रो दिनमा वुनपा वडा नं. १८ को नागरीक वडा मञ्च गठन भएको छ । आज अपरान्ह ४ बजे भएको गठनमा साविक कपन गाविसमा दुई कार्यकाल वडा नं. २ को वडाध्यक्ष भैसकेको बद्रि अधिकारी संयोजक भएका छन् नवराज अधिकारी सहसंयोजक भएका छन् । त्यसैगरी अन्य दुई सदस्यमा गोपाल लिम्बु र संगिता पन्त चयन भएका छन् । कूल २७ सदस्यमध्ये १६ जना सहभागि भएको गठन प्रकृयालाई नेकपा एमालेले बहिस्कार गरेको जनाएको छ । गठन प्रकृयाको शुरुमै एमाले विनोदकुमार तामाङले आफूहरुले बहिस्कार गरेको जनाएका थिए ।

संयोजका बनेका बद्रि अधिकारी नेपाली कांग्रेसका मानिस हुन् भने नवराज अधिकारी राप्रपाका हुन् । त्यसैगरी गोपाल लिम्बु र संगीता पन्त माओवादी केन्द्र तर्फबाट वडा नागरीक मञ्चमा सामेल भएका हुन् । एमाले, विप्लब माओवादी र नयाँ शक्ति पार्टीले बहिस्कार गरेको गठन प्रकया बहुमतको आधारमा गरिएको संयुक्त वडा सचिव मुकुन्द खड्काले बताए । स्थानीय निकाय नभएको अवस्थामा स्थानीय निकायको कामका लागि सरकारले वडा नागरीक मञ्च अनिवार्य गठन गर्नु पर्ने बाध्यात्मक अवस्था बनाएकोले विकास निर्माणको प्रकृयामा बाधा नआओस् भनेर धेरै प्रयासपछि वडा नागरीक मञ्च गठन भएकामा खड्काले सन्तुष्टि व्यक्त गरे । नवगठित वडा नागरिक मञ्चका संयोजक बद्रि अधिकारीले आफू वडा नं. १८ को विकासमा भरमग्दुर मेहनत गर्ने बताए ।  खड्काले भोलि १२ मंसिरका दिन वडा नं १३ को नागरीक वडा मञ्च गठन गरिने जानकारी दिँदै चाँडैनै वडा नं १४ र १९ को पनि गठन हुने जनाए ।

तपाइँको प्रतिक्रिया ।