नागरीक वडा मञ्च गठन हुन नसक्दा चिन्तित छन् सचिव मुकुन्द खड्का

नागरीक वडा मञ्च गठन हुन नसक्दा चिन्तित छन् सचिव मुकुन्द खड्का

कपन अनलाइन, १० मंसिर, २०७३

mukund
बुढानिलकण्ठ नगरपालिका वडा नं १३, १४, १८ र १९ मा अझै नागरीक वडा मञ्च गठन हुन सकेको छैन । यसरी नागरीक वडा मञ्चको गठन हुन नसक्नुमा यहाँका दलहरुबीच भागवण्डा नमिलेर हो भन्ने कुरा पनि सतहमा आइसकेको छ । यी वडाका संयुक्त वडा सचिवको हैसियतले पटक पटक मञ्च गठनका लागि प्रयास गरेर हैरान भएका मुकुन्द खड्का आफू आजित भैसकेको बताउँछन् ।

केही दिनअघि वडा नं १३ र १८ मा करिब करिब गठन भैसकेको थियो तर राप्रपा नेपालका श्याम केसीले यो यो वडामा यति यति मानिस राखिदिनु पर्यो भनेर पत्र पठाउनको साथै गठन पक्रियालाई अबरुद्ध बनाएपछि रोकिएको प्रक्रिया अझै चलिरहेको छ । ४ दिन अघि पनि अर्को प्रयास गरिएको थियो यी वडामा । तर यसपाला पनि राप्रपाले नै अबरुद्ध गर्यो यो यो मानिसलाई समाहित गरेमात्र कार्यक्रम हुन दिने नत्र नदिने भनेर । वडा कार्यालय प्रांगणमा भएको कार्यक्रममा राप्रपाले सम्बन्धित मानिसहरुभन्दा भाडाका गुण्डाहरु पठाएर माइन्यूट च्यात्ने प्रयास गरे पछि प्रक्रिया अबरुद्ध भएको थियो ।

बुनपाभित्रको महत्वपूर्ण वडाहरुको रुपमा लिइने यी चारवटा वडामध्ये १३, १८ र १९ मा नेपाली , कांग्रेस, एमाले र माओवादी केन्द्रबीच खासै समस्या नरहेको बताइएको छ भने राप्रपाले आफ्नो उपस्थिति देखाउन पटक पटक गुण्डागर्दी गर्ने प्रयास गरेको देखिन्छ ।

वडा नं. १४ मा भने एमाले, कांग्रेस र माओवादी केन्द्र तीनै पार्टीले आफू संयोजक हुनुपर्छ भन्ने अडान राख्दा गठन प्रकृया भाँडिँदै आएको छ । दलहरुको यस्तो अर्कमण्यता र राप्रपाको गुण्डागर्दी बारेमा सचिव मुकुन्द खड्का खासै केही भन्न रुचाउँदैनन् तर नागरिक वडा मञ्च गठन नहुँदा यी वडाहरुमा पर्ने विकास निर्माण लगायत अन्य विषयको प्रभावप्रति भने चिन्तित छन् । राजनीतिक दलहरुको भागवण्डामा नमिल्दा जनताहरुले विकास निर्माणको कुनै कुरामा वञ्चित हुन नपरोस् भनेर आफूले पटक पटक मञ्च गठनमा जोड दिएको बताउँछन् उनी । दलहरुले अलिकति सुझबुझपूर्ण काम गर्न सके यी वडाहरुमा नागरीक वडा मञ्च गठन हुन गारो नभएको खड्काको ठम्याई छ ।

तपाइँको प्रतिक्रिया ।