गोरु काटेकोे अभियोगमा दुई पक्राउ
कपन अनलाइन, जिरी (दोलखा), ७ मङ्सिर ।
गोरु काटेको अभियोगमा प्रहरीले सोमबार राति दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिरी नगरपालिका– ५ नाबुक टोलका ३८ वर्षीय फुर्वा शेर्पा र ६० वर्षीय पल्दे शेर्पा छन् ।स्थानीयवासीले दिएको सूचनाका आधारमा राति ८ बजे उनीहरुलाई गोठमा मासु काट्दै गरेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जिरीका प्रहरी नायब निरीक्षक मोहनप्रसाद आचार्यले जानकारी दिनुभयो ।
प्रहरीले घटनास्थलबाट ४० किलो गोरुको आलो मासु बरामद गरेको छ । बरामद गरिएको मासु स्थानीयवासीको रोहबरमा आज नष्ट गरिएको छ ।
अभियुक्तले गोरु जिउँदो नभई बिरामी भएर आफैँ मरेको र मासु खानका लागि काटिएको बताएका छन् । रासस
तपाइँको प्रतिक्रिया ।