कपनका अर्याल र सुब्बा खानेपानी संस्थाको सदस्य भए

new-kapanka-2-yuwa
पुनम गौतम, कपन अनलाइन , ३ मंसिर काठमाडौं ।

कपन बसोबास गर्दै आएका दुईजना खानेपानी संस्थाको सञ्चालक समिति सदस्य नियुक्त भएकाब छन् । इन्जिनियरिङ पेशा अंगाल्दै आएका कृष्ण भद्र  अर्याल र प्रध्यापन पेशा अंगाल्दै आएका विष्णु सुब्बा खानेपानी संस्थाका सदस्य बनेका हुन ।

सिन्धुपाल्चोक थकनीमा जन्मिएका कृष्ण भद्र  अर्याल बुढानिलकण्ठ नगरपालीका वडा नं. १२ नरायणचोक मा बस्दै आएका छन । उनी सिन्धु भ्याली लाई कृषि तथा पर्यटकीय क्षेत्रको रुपमा कसरी अगाडी बढाउनु सकिन्छ भनेर विभिन्न फोरमहरुमा बहस गदै गरेको देख्न तथा सुन्न सकिन्छ ।

त्यसैगरी विष्णु सुब्बा बुढानिलकण्ठ नगरपालीका वडा नं. १४ मा रहेको नव मञ्जुश्री मावि का सञ्चालक समिति अध्यक्ष हुन । सुब्बा समाज सेवाको क्षेत्रमा पनि चिनिएको नाम हुन । कपनको पुरानो समाजिक संस्था फ्रेन्डशिप युवा कलबको पूर्व सचिव हुन । सराडडाँडा, पाँचथरका जन्मिएका सुब्बा बुनपा १२ मा बस्दै आएका छन् । उनीहरुलाई नेपाल सरकारले कात्तिक ३० गते प्रकाशित गरेको राजपत्र अनुसार थप गरिएको हो ।

तपाइँको प्रतिक्रिया ।