बुनपा को सार्वजनिक सुनुवाईमा के उठ्यो प्रश्न कसले दिए जवाफ (फलो -२)

बुनपा को सार्वजनिक सुनुवाईमा के उठ्यो प्रश्न कसले दिए जवाफ (फलो -२)

 

बु.ना.पा १२ की देवी रेग्मीले प्रश्न गरिन, वडामा भू–कम्प पिडितमा दर्ता हुन आएकाहरुको सङख्या ह्वातै बढेको छ । अहिले थप घर सङख्याहरुलाई क्षतिपूर्ति सिफारिस कस्ले गरे ?

जवाफमा नगरप्रमुखले भने नगरपालिकामा के कती घरधुरी सङख्या रहेका छन् । भन्ने बारेमा नगरपालिकाले जतिसक्दो चाँडो प्रोफाइल बनाउदै छ । त्यस पछि मात्र भन्न सकिन्छ । १२ नम्बरको भू–कम्प पिडित बढेको भन्ने सवालमा आएका नामहरु साचिकै भू–कम्प पिडित हैनन् भने हामीलाई जानकारी गराइदिनुहोस् । हामी तत्कालै उनीहरुको नाम काट्ने छौँ ।

 

अर्को प्रश्न गर्दै मन बहादुर तामाङले सोधे, निलो पुलबाट तौलुङ जाने बाटो बढाउन हामीलाई हतियारसहित तर्साउँदै जग्गा छोड्न लगाइयो त्यो बाटो कहाँ जोडिन्छ र हामी ६ मिटरमा कायम भएको हो । हामीले छोडेको जग्गाको क्षतिपूर्ति कसले दिने ?

यो प्रश्नको जवाफ दिदै नगरप्रमुखले भने त्यस बाटोको बारेमा पटकपटक हामीले उपभोक्ता समिति मार्फत छलफल गरेका छौ । हतियार सहित तर्साए भन्ने कुरा भ्रामक हो ।

बुनपा देउवा चोकका स्थानीय बृद्धबाले सोध्नुभयो :  देउवा  चोकको बाटो ६ मिटर कायम छ । हामीलाई बाटो चाइदैन तपाईहरु  हामीलाई जग्गा छोड बाटो बढाउनु पर्यो भनेर   दवाब किन दिनु हुन्छ । 

जवाफ दिँदै नगरप्रमुखले भने बाटो नगरप्रमुखलाई चाहिएको हैन  तपाइँ हरुलाई हो त्यहाँका स्थानीयवासीलाई हो । अब    तपाइँहरुलाइ बाटो चाहिदैन भने स्थानिय बासिन्दाहरुको हस्ताक्षर संकलन गरी ल्याउनुहोस्, त्यहाँ बाटो विस्तार हँुदैन तर एक्लो व्यक्तिले भनेको भरमा हामी बाटो विस्तार रोक्दैनौ । धेरै स्थानीयवासीले त्यहाँ बाटो विस्तार गर्नु प¥यो भने नगरपालिकालाई अनुरोध गरेका छन्  ।

 

उत्तर कुमार खड्काले सुझाव दिँदै यत्रो सर्वजानिक सुनुवाही कार्यक्रम गर्नु हुन्छ । तर नगरपालिकालाई नै पानी खुवाइरहेको शीवपुरी राष्ट्रिय निकुञ्जका प्रमुखलाइ पनि यस्ता कार्यक्रमहरुमा बोलाइदिनु प¥यो ।

यस प्रश्नको जवाफमा नगरप्रमुखले सुझाव मनयोग्य बताएका थिए ।

 

प्रश्नको क्रममा वडा नं. ५ की चमेली श्रेष्ठले, पासीकोटको खेलमैदान गाविस छँदा देखिनै निर्माण सुरु गरिएको हो । नगरपालिका बनेको २ वर्ष वित्यो खेलमैदान कहिले बन्छ ?

चमेली श्रेष्ठको उत्तर दिदै नगरप्रमुखल त्यस क्षेत्रको खेल मैदानको लागि बजेटहरु दिइरहेका छौँ । कति निर्माण भयो र कती बाँकी छ भन्ने कुरा शिक्षा तथा खेलकुद विकास समितिले आँखा डुलाउदै प्रतिनिधि देखिए पछि यो काम चाढै हुन्छ, भन्दै कुरा टुङ्गाए

वडा नम्बर ४ का  सानुभाई कार्कीले  प्रश्न गरे : बुढानिलकण्ठ मन्दिर परिषदको जग्गामा घर निर्माण गर्न नदिने भन्ने कुरा थियो अहिले निर्माण कार्य भइरहेको तपाइहरुले पनि देख्न सक्नुहुनेछ मन्दिरको जग्गामा घरबनाउन दिने सिफारिस  नगरले कहिलेसम्म गर्छ कि रोक्छ  ?  

binod

प्रश्नको जवाफ दिँदै  नगरपालिकाका इन्जिनियर विनोद पौडेललाइ नगरप्रमुखले दिन लगाए ।हडबडिएको स्वरमा विनोद पौडेलले भने बुढानिलकण्ठ क्षेत्र विकास समितिको जग्गा अधिकग्रहण गरि नक्सा पास नहुने ठाउँमा राखेका छौ । तर त्यस्तो नक्सा पास नहुने ठाउ कुन हो भनेर उनले खुल्लाएन् ।

 

एक प्रश्न कर्ताले वडा नं. ४ मा के कस्ता समितिहरु छन् । र विकास निमार्णका कार्य के कस्तो हुदैछ भन्ने प्रश्न गरे । 

bidurr

यस प्रश्नको जवाफ नेकपा एमालेका तर्फबाट नगर सहजीकरण समितिका समयोजक रहेका विदुर विक्रम खड्काले भने वडा नं. ४मा कुनै उपभोक्ता समिति बनाइएको छैन वडा नं. ४ का साथीहरुले आजसम्म मलाइ सम्पर्क समेत गर्नु भएको छैन भनेर जवाफा दिँदै यसो भन्दैमा हामी चुप बसेका छैनौं हामीले देखे बुझेका समस्याहरुलाई नजर अन्दाज गरेका छैनौ भनेर उत्तर दिए । खड्काले स्थानिय क्लबहरु तथा टोल सधार समितिहरु मार्फत त्यहाँका समस्याहरुको समधान गरेका छौँ । खड्काले अगाडि भने विकासका नाममा महिलाहरुलाइ सेमिनार र गोष्ठि गरेर १ घण्टाको कार्यक्रममा लाखौँ बजेट अब आफ्नो कार्यकालमा  दिने पक्षमा आफु नरहेको  बताए ।

खड्काले धनी महिलाहरुले व्यूटिपार्लर टेनिङ गरेर आफनै मुखमा क्रिम पाउडर धसेर नगरपालिकाको बजेट सकेको हामी टुलुटुलु हेर्न सक्दैनौ । उनले जाँड खाएर ढलेको बुढालाई भट्टीबाट उठाउन डाइभिङ टेनिङका नाममा अब  बजेट दिदैनौ भने  । तर समाजलाइ पच्ने र महिलाहरुलाइ प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रमहरु आए लक्षित् वर्गको बजेटले नपुगे अन्य बजेट ल्याएर भएपनि आफ्नो पार्टीले सहयोग गर्ने  बताए ।

 

क्रमशः : 

सार्वजनिक सुनुवाइमा उठेका प्रश्न र सम्बन्धित व्यक्तिहरुले दिएको   जवाफको अर्को भाग  भोलि कपन अनलाइन डट कम मा  पढन सक्नु हुनेछ 

हिजो प्रकाशित भएको यो समाचार पढ्नुहोस् :

बुनपा को सार्वजनिक सुनुवाईमा के उठ्यो प्रश्न कसले दिए जवाफ (फलो -१)

 

तपाइँको प्रतिक्रिया ।