सानो परिमाणको बाँकि अन्न बिक्री गर्दै महिला
कपन अनलाइन, ललितपुर, २४ कात्तिक ।
खोकनाका महिला घरमा प्रयोग गरेर बढी भएको अन्न बिक्री गर्न थालेका छन् ।
खोकना महिला जागरण समाजले फार्मर्स मार्केट (किसानको बजार) नामक पसल सञ्चालन गरिरहेको छ । स्थानीय उत्पादन धान, गहुँ, मकैलगायत अन्न बिक्री गरिरहेको समाजकी अध्यक्ष अप्सरा डङ्गोलले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आफूलाई बढी भएको अन्न दिदीबहिनीले यहाँ ल्याएर बिक्री गर्नुहुन्छ ।’ घरमा खाएर बढी भएको अन्न थोरै परिमाणमा समेत महिला बिक्रीका लागि ल्याउँछन् । एक÷दुई किलो मात्रै हुँदा पनि बिक्री गरेर महिलाले आयआर्जन गरिरहेका छन् । उहाँ भन्नुहुन्छ, ‘घरमा त्यसै कुहिएर जाने अन्नबाट महिलाले थोरै भएपनि आम्दानी गर्न सकेका छन् ।’
धेरै परिणामको अन्न बिक्री हुने भएपनि थोरै परिमाण हुँदा त्यसै खेरगइरहेको स्थानीय महिला बताउँछन् । स्थानीय उत्पादन खरिद गर्नेमा स्थानीय र अन्य स्थानबाट खोकना घुम्न आउने दुबै पर्दछन् ।
समाजले महिलालाई आर्थिकरुपमा सशक्त बनाउनका लागि विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको छ । रासस