विरौटा शाखा सञ्चालनमा

कपन अनलाइन,पोखरा, २३ कात्तिक ।

एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो ७४औँं शाखाको रुपमा आजदेखि पोखराको विरौटामा शाखा सञ्चालनमा ल्याएको छ ।

हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्राय अनुरुप विरौटामा स्थापित शाखाको एक समारोहबीच आज पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वश्ङ्कर पालिखेले उद्घाटन गर्नुभयो ।

शाखा सञ्चालनसँगै बैंकका सेवाग्राही लाभान्वित हुने विश्वास लिइएको शाखाका प्रबन्धक चुडामणि पराजुली (दपिक)ले बताउनुभयो । नयाँ शाखा विरौटासहित बैंकको शाखा सञ्जाल ७६ तथा एटिएम सङ्ख्या ६९ पुगेको छ ।

बैंकले गत त्रैमासिक अवधिमा गत आवको सोही अवधिको तुलनामा कर्जा सापटिमा ३९ प्रतिशत तथा निक्षेपमा ३४ प्रतिशतका साथै खुद मुनाफामा ६६ प्रतिशतको उल्लेख्य वृद्धि हासिल गर्न सफल भएको बताइएको छ । रासस

तपाइँको प्रतिक्रिया ।