संविधान संशोधनको औचित्य पुष्टि हुनुपर्छ– उपाध्यक्ष गौतम
कपन अनलाइन,नेपालगन्ज, २० कात्तिक ।
नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले संविधान संशोधनको औचित्य पुष्टि भएमा आप्mनो दल संशोधनको पक्षमा रहने बताउनुभएको छ ।
सो दलको बाँके जिल्ला कार्यसमितिद्वारा यहाँ हिजो आयोजित विभिन्न पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “संविधानले हिमाल, पहाड र तराईमा बसोबास गर्ने कुनै जाति, समुदायलाई विभेद गरेको छैन भने यसको संशोधन किन आवश्यक प¥यो संशोधन चाहने पुष्टि गर्न सक्नुपर्छ ।”
अङ्गीकृत नागरिकलाई संवैधानिक पदको व्यवस्था गर्ने संविधान आप्mनो दललाई कदापि मान्य नहुने स्पष्ट पार्र्दै उहाँले कहीँ नभएको जात्रा नेपालमा प्रदर्शन गर्ने प्रयासलाई आप्mनो दलले विफल बनाएरै छाड्छ भन्नुभयो ।
धाक, धम्की देखाएर, मान्छे कुटेर माग पूरा हँुदैन, तर्क दिन सक्नुपर्छ भन्दै उपाध्यक्ष गौतमले संविधान संशोधन हुने दस्तावेज हो तर त्यो राष्ट्रिय स्वतन्त्रता, मुलुकको अखण्डता, राष्ट्रिय एकताका पक्षमा देखिएको हुनुपर्छ भन्नुभयो ।
उहाँको थप भनाइ थियो, “नेपाल र नेपालीको स्वतन्त्रता तथा रक्षा अनि मुलुकको एकता छलफल र वार्ताको पहिलो सर्त बन्नुपर्छ, राष्ट्रिय हितभन्दा बाहिरको तर्कलाई मानेर संविधान संशोधन हुनै सक्दैन ।” रासस