बुनपाले कार्तिक ३० मा सार्वजनिक सुनुवाई गर्ने
कपन अनलाइन, १८ कात्तिक २०७३
बुढानिलकण्ठ नगरपालिकाले यही कार्तिक ३० गते नगरका बिभिन्न गतिबिधिका बारेमा सार्वजनिक सुनुवाई गर्ने भएको छ । बुढानिलकण्ठ नगरपालिकाले जनाए अनुसार कार्तिक ३० गते बिहान ८ बजे सार्वजनिक सुनुवाई गरिने भएको हो । कार्यक्रम बुनपा वडा नं. ४ स्थित बुढानिलकण्ठ मन्दिर परिसरमा सार्वजनिक सुनुवाई हुनेछ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नगरले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा गरेका विकास निर्माण, सेवा प्रवाहलगायतका बिभिन्न कामहरुको बारेमा सम्बन्धित पक्षबाट जवाफ दिइनेछ । कार्यक्रममा सहभागि हुन नगरवासी सवैलाई बुनपा कार्यालयले अनुरोध गरेको छ ।
तपाइँको प्रतिक्रिया ।