बुनपामा माओवादी केन्द्रले प्रचारात्मक भैलो-द्यौसी खेल्ने

rabin-ji

कपन अनलाइन, ११ कात्तिक, २०७३

संगठन विस्तारको क्रममा रहेको बुढानिलकण्ठ नगरपालिका माओवादी केन्द्रले नेपालीहरुको महान् चाड तिहारलाई प्रचारात्मकरुपमा उपयोग गर्ने भएको छ । बुनपा माओवादी केन्द्रका संयोजक रविन अधिकारीले बताए अनुसार बुनपाका बिभिन्न ठाउँमा भैलो द्यौसी खेलिनेछ । बुनपाको ९ स्थानमा खेलिने भैलो द्यौसीको मूल उद्धेश्य आर्थिक संकलन नभएको अधिकारीले कपन अनलाइनलाई बताए । अधिकारीले भने, ‘हामी संगठन विस्तार तथा सुदृढिकरणको चरणमा भएकाले यो पर्वको उपयोग प्रचारात्मक हुनेछ ।’

यसका लागि माओवादी केन्द्रले पार्टीका तहतप्काका सबै तथा अन्य समाजका अन्य व्यक्तिहरुलाई सहभागि भैदिन पत्राचार गरेको संयोजक रविन अधिकारीले बताए । भैलो र द्यौसीका दुवैदिनलाई दिउँसोको समयमा खेलिने कार्यक्रम रहेको बताउँदै उनले चोकचोकमा खेलिने भएकाले हरेक चोकमा एकदेखि डेढघण्टाको समय दिइने बताए । बुनपा माओवादी केन्द्रले कपनबाट भैलो द्यौसीको कार्यक्रम आयोजना गर्ने कार्यक्रम राखेको छ । कार्यक्रम लक्ष्मी पूजाको दिन १० बजेदेखि गोरुतिहारको दिन साँझ ८ बजेसम्म चल्ने जनाइएको छ ।

तपाइँको प्रतिक्रिया ।