सिद्धेश्वर याेग साधना केन्द्रकाे चियापान सम्पन्न

सिद्धेश्वर याेग साधना केन्द्रकाे  चियापान  सम्पन्न

कपन अनलाइन ,काठमाडौँ  ,७  कात्तिक

“याेग  गराै स्वस्थ रहाै” भन्ने नाराका साथ स्थापित सिद्धेश्वर याेग साधना केन्द्रले हिजो बुढानीलकण्ठ नगरपालीका वडा नं १२ फ्रेन्डस युवा  क्लबको  प्राङ्गणमा  शुभ दिपावली र छठ  पर्वहरूको  शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको हो  ।

14798882_670140289820453_156988693_n
फोटो सौजन्य : आयोजक संस्था 
बुढानीलकण्ठ नगरपालीकाका  कार्यकारी अधिकृत विश्वराज मरासेनीको  प्रमुख अातीथ्यतामा सम्पन्न उक्त  कार्यक्रममा बुनपा नगरपालका का राजनीतीक प्रतीनीधी हरू  स्थानीय समाजसेवी लगाएतको  उपस्थिति रहेको थियो ।

कार्यक्रममाथि मन्तब्य राख्दै  मरासेनीले भने  योग  पूर्ण जीवन शैली, चिकित्सा पद्धति र आध्यात्म विद्यासमेत हो । योग मनुष्यलाई सकारात्मक चिन्तनको प्रशस्त पथमा ल्याउने अद्भुत माध्यमसमेत भएकाले  स्वस्थ व्यक्ति र सुखी समाजको निर्माण योगको सहयोगबाट सम्भव भएकाले  योगलाई  नगरपालीकामा फैलाउन अनुराेधका  साथ   यस्का लागी अाफुले गर्नु पर्ने साथ सहयाेग पुर्ण रूपमा गर्ने  बताए ।

तपाइँको प्रतिक्रिया ।