आर्यघाट लगिएको शव प्रहरी नियन्त्रणमा
कपन अनलाइन, कैलाली, ५ कात्तिक ।
दाह संस्कारका लागि आर्यघाट लगिएको शवलाई परीक्षणका लागि प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
धनगढी उपमहानगरपालिका– २ पुरानो भन्सार रोडका ४० वर्षीय नारायण उपाध्यायको शवलाई मोहना आर्यघाटबाट प्रहरीले नियन्त्रणमा लिई परीक्षण लागि सेती अञ्चल अस्पतालमा पु¥याएको छ ।
उपाध्यायको बिहीबार एकाएक मृत्यु भएको र चितामा राख्ने तयारी गरेका बेला मुख, नाक र कानबाट रगत आएको देखेर छिमेकीले प्रहरीलाई खबर गरेपछि मसानघाटमा पु¥याइएको शव प्रहरीले नियन्त्रणमा लिई अस्पताल पु¥याइएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले अन्तिम दाहसंस्कार गर्ने क्रममा हत्या गरी मारेको सूचना पाएपछि मृतक उपाध्यायको शव परीक्षणका लागि अस्पातालमा प¥ुयाइएको बताउनुभयो ।
उपरीक्षक विष्टले हत्याको आशङ्कामा मृतककी श्रीमती र उनको नाता पर्ने सालोलाई सोधपुछका क्रममा नियन्त्रमा लिएको पनि जानकारी दिनुभयो ।
बिरामी श्रीमान्को हेरचाह नगरेको भन्दै मृतकका दाइ र केही छिमेकीले घर जग्गा बिक्री गरेर भए पनि उनको उपचार गराउने भनेपछि श्रीमती दुर्गाले अस्पतालमा चेकजाँच पनि गराइन् । तर बिरामी श्रीमान् दुर्गाका लागि बोझ भएकाले भाई विमलसँग मिलेर हत्या गरेको आरोप आफन्तको छ । रासस