जोशीले खोले महाराजगञ्ज, चक्रपथमा एडिडास र लाइलिनको सोरुम “खुशी”

जोशीले खोले महाराजगञ्ज, चक्रपथमा एडिडास र लाइलिनको सोरुम “खुशी”

img_1371

कपन अनलाइन, असोज ८, २०७३

नेपाली खेलकुद तथा राजनीतिक क्षेत्रमा चिनिएका मनिश जोशीले महाराजगञ्ज चक्रमपथमा विश्वविख्यात एडिडास र लाइलिनको सोरुम खोलेका छन् । जोशीले आज नेपाली खेलकुद क्षेत्रका विख्यात व्यक्तिहरुको हातबाट महाराजगञ्ज चक्रपथमा विश्वविख्यात एडिडास र लाइलिनसहित एक्सटेपको सोरुम उद्घाटन गरेका हुन् ।

img_1360
चक्रपथ, अमेरिकन एम्बेसी अगाडि “खुशी” नामको दिइएको सोरुमलाई आज एक भव्य कार्यक्रम गरेर उद्घाटन गरिएको हो । नेपाली खेल क्षेत्रका वरिष्ठ नाम बैकुण्ठ मानन्धर, फुपुल्हामु खत्री, शिरीष गुरुङका साथमा मिसटिन सिमरन खड्गीलगायतका रंगकर्मी र पत्रकारहरुको खचाखच भीडमा सोरुम उद्घाटन गरिएको छ । मनिश जोशीले करिब ५० लाख लगानी गरेर खोलेको खुशी सोरुममा एडिडासको जुत्ता, ट्रयाकसुट तथा लाइलिनको जुत्ता, व्याग र एक्सटेपको जुत्ता, व्यग विक्रीमा राखिएको छ भने लिभाइजलगायतका नामचिन कम्पनीको जिन्स पाइन्ट, टिसर्ट, हाफपाइन्टआदि विक्रीमा राखिएको छ । लामो समयदेखि लुगा तथा जुत्ता व्यवसायमा सक्रिय टोखा निवासी मनिश जोशीले यसअघि चक्रमपथमै कोरियन जुत्ता तथा लुगा सोरुम राखेका थिए ।

img_1333
महाराजगञ्ज, चक्रपथ क्षेत्रमा यी ब्राण्डका ओर्जिनल सामान पाउन सहज बनाउने हेतुले सोरुम खोलेको जोशीले बताए । ओर्जिनल सामान भनेको कस्तो हुन्छ भन्ने ज्ञान भर्खर भर्खरमात्र नेपालीहरुमा चेतना आउन थालेको बताउँदै जोशीले पैशा तिरेपछि राम्रो सामान पाउन ब्राण्डको आधाकारिक सोरुम धाउन मानिसहरुलाई सहज होस् भनेर सोरुम खोलेको बताए ।

तपाइँको प्रतिक्रिया ।