उज्वेकिस्तानका प्रधानमन्त्री मिर्जियोयभलाई अन्तरिम राष्ट्रपतिका रुपमा नियुक्त

कपन अनलाइन  २३ भदौ ।

अलमाटी (काजकास्तान)/

उज्वेकिस्तानको संसदले अन्तरिम राष्ट्रपतिका लागि नियुक्त भएका प्रधानमन्त्री सामकात मिर्जियोयभको नाम बिहीबार अनुमोदन गरेको यहाँको सरकारी वेबसाइटमा बताइएको छ ।

यससँगै उहाँलाई उज्वेकिस्तानमा लामो समयदेखि शासनसत्ता सम्हालेका र हालै दिवङ्गत हुनुभएका शक्तिशाली नेता इस्लाम कारिमोभको उहाँ उत्तराधिकारीका रुपमा उहाँलाई सत्ता सुम्पिने स्पष्ट सङ्केत देखिएको छ ।

अन्ठाउन वर्षीय मर्जियोयभलाई संसदीय नेता निग्माटिला युल्दासेभले समर्थन दिएपछि अन्तरिम राष्ट्रपतिका लागि योग्य मानिनुभएको हो ।
यहाँको संविधान अनुसार निर्वाचनपूर्व उज्वेकिस्तानको अस्थायी नेता हुन पाउने प्रावधान छ । उहाँले संविधानअनुसार आगामी तीन महिनाभित्र हुने निर्वाचनमा राष्ट्रपतिका रुपमा प्रतिस्पर्धा गरी राष्ट्र प्रमुखको जिम्मेवारीका लागि निर्वाचित हुनुपर्नेछ । एएफपी

तपाइँको प्रतिक्रिया ।