सांसद कार्यालयको पहलमा जनउद्धार माविलाई खाजा तथा खाना सहयोग

unnamed (1)

कपन अनलाइन, १८ भदौ, २०७३

नवनियुक्त स्वास्थ्य मन्त्री गगन थापाको सांसद कार्यालयको विशेष पहलमा बुनपा चुनिखेलमा रहेको जनउद्धार माविलाई खाजा तथा खानाको सामग्री प्रदान गरिएको छ । सांसद कार्यालयको संयोजनामा समर्थ नेपालमा सो विद्यालयमा खाजा र खानाको सामग्री उपलब्ध गराएको हो । समर्थ नेपालले उपलब्ध गराएको खाद्य सामग्रीमा चाउचाउ १२०० पाकेट, विस्कुट १२०० पाकेट, चिउरा २० केजी तथा भुजिया १० पाकेट रहेको छ ।
पछिल्ला केही समयदेखि नियमित रुपमा चुनिखेलको जनउद्धार माविको स्तरन्नोतिमा कृयाशील रहेको गगन थापा सांसद कार्यालयले भाद्र १६ गते सो सामग्री विद्यालयलाई हस्तान्तरण गरेको जनाइएको छ ।

तपाइँको प्रतिक्रिया ।