एन्फा अध्यक्षको चर्चामा कर्माछिरिङ शेर्पा अग्रस्थानमा

एन्फा अध्यक्षको चर्चामा कर्माछिरिङ शेर्पा अग्रस्थानमा

kjlkjklj;j

कपन अनलाइन, १६ भाद्र, २०७३

एन्फाबाट गणेश थापाको विवादित बहिर्गमनपछि यही कार्तिक महिनामा नयाँ अध्यक्ष चुन्ने मिति तय भएको छ । नेपाली फुटबलको भविष्य निर्धारण गर्ने एन्फा अध्यक्षको यो पोस्टका लागि नेपाली फुटबल क्षेत्रमा चिनिएका व्यक्तिहरुले दावी गरेका छन् । अध्यक्ष पद दावी गर्नेहरुमध्ये सर्बाधिक शक्तिशाली दावेदार भनिएका कर्माछिरिङ शेर्पा चुनावी अभियानमा देशभर यात्रामा छन् ।

तत्कालिन अध्यक्ष गणेश थापाले आर्थिक हिनामिना तथा अन्य भ्रष्टाचार गरेको भन्ने आरोप लगाउँदै कर्माछिरिङले छेडेको अभियानलाई एएफसि र फिफाले सही ठहर्याएपछि कर्मा देश विदेश चारैतिर चर्चित भएका थिए । त्यसो त उनी एन्फाको उपध्यक्ष नै थिए तथा हिमालयन शेर्पा क्लबका अध्यक्ष पनि भएकाले नेपाली फुटबल क्षेत्रको मर्म र समस्या उनलाई ज्ञात थियो । उनको एन्फामा भ्रष्टाचार बिरोधी अभियानमा यतिखेर सिंगो नेपाल जुटेको छ । उनीसँगै अहिले अध्यक्ष पदमा दावी गरिरहेकाहरु पनि उनकै अभियानका साक्षी हुन् ।

फिफाले थापालाई बर्खास्त गरेपछि कर्माछिरिङको उचाई मात्र बढाएन, नेपाली फुटबलप्रति नेपाली जनतामा आशाको रक्तसंचार पनि गराएको छ । यतिखेर कर्माको अभियान नै नेपाली फुटबलाई देशका सबैभागमा समुचितरुपमा पुर्याउनु हो । देशभरी जताततैबाट फुटबल खेलाडी उत्पादन गर्नु हो । ग्रासरुटबाट धेरैभन्दा धेरै खेलाडी उत्पादन गर्न नसकेसम्म नेपाली फुटबल माथि पुग्न नसक्ने सन्देश लिएर कर्मा जिल्लाजिल्ला भ्रमण गरिरहेका छन् ।

अध्यक्ष पदको मनोनयन पत्र दाखिला अघि देशभरी एकपटक भ्रमण गरिसक्ने योजनामा छन् उनी । क्लब फुटबलको व्यवसायिकताप्रति चासो राख्छन् उनी । दुई वर्षमा एन्फालाई पूर्णतः भ्रस्टाचारमूक्त बनाउँदै नेपाली फुटबलाई आशालाग्दो र लोभलाग्दो बनाउने अभियानमा छन् कर्माछिरिङ शेर्पा । कर्माको यो अभियानमा देशभरका एन्फा प्रतिनिधि एवम् भोटरर्सहरु उत्साहित र सकारात्मक रहेको बताइन्छ । एन्फा अध्यक्षमा कर्माछिरिङ शेर्पासहित कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ, मनाङ मस्र्याङ्दी क्लबका पूर्व अध्यक्ष टासी घले र नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले दावी गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।