क्षेत्र नं. ४ तरुण दल अध्यक्षमा अनुप प्रधान

क्षेत्र नं. ४ तरुण दल अध्यक्षमा अनुप प्रधान

anup

कपन अनलाइन, १५ भदौ, २०७३

नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको काठमाडौं क्षेत्र नं. ४ अध्यक्षमा अनुप प्रधान सर्वसम्मत चयन भएका छन् । आज भएको प्रथम अधिवेशनले प्रधानलाई अध्यक्ष चयन गरेको हो । लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय प्रधान नेपाली कांग्रेसको १२ औँ अधिवेशनमा क्षेत्रीय सदस्य थिए । नेपाली कांग्रेसको युवा राजनीतिमा सक्रिय रहेका अनुपसँगै तरुण दल क्षेत्रीय समितिको उपाध्यक्षमा सविन्द्र घले चयन भए भने सचिवमा अनिल वाइवा चयन भएका छन् । यस्तै केन्द्रिय प्रतिनिधिमा सत्य लामा र जिल्ला सदस्यमा सुदर्शन खड्का चयन भएका छन् ।

14191961_1189993384354484_3980357988900583411_n
यसअघि एक औपचारिक कार्यक्रमको आयोजना गरी अधिवेशन शुभारम्भ गरिएको थियो । औपचारिक कार्यक्रममा प्रमुख अतिथि वन मन्त्री शंकर भण्डारी आउने भनिए पनि विवादित क्षेत्र भनेर उनी नआएपछि नेपाली कांग्रेसका जिल्ला सभापति सबुज बानियाँलाई प्रमुख अतिथि बनाइएको थियो । नेका क्षेत्र नं. ४ का सभापति राजु श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा श्रीराम लामिछाने, कर्माछिरिङ शेर्पा, मनोज बैद्यलगायतले सम्बोधन गरेका थिए । औपचारिक कार्यक्रममा कार्यक्रम संचालकदेखि सभापति र प्रमुख अतिथिसम्मले अधिकांश समय स्वास्थ्य मन्त्री गगन थापालाई गाली गर्न समय खर्चेका थिए । कार्यक्रम पशुपतिस्थित सुमार्गी भवनमा भएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।