व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्माले आफ्नो पदबाट राजीनामा दिने जानकारी दिने भएका छन् । समितिको आजको बैठकको प्रारम्भमा उनले सो जानकारी गराउँदै बदलिँदो राजनीतिक परिस्थितिमा आफूले पदबाट राजीनामा दिन लागेको बताए। दोस्रो संविधानसभाको निर्वाचनपछि गठन भएको व्यवस्थापिका–संसद्अन्तर्गतको सो समितिको सभापति पदमा शर्मा सर्वसम्मत चयन भएका थिए ।