असल देशका कमसल नेता !!!

असल देशका कमसल नेता !!!

कपन अनलाइन, १६ साउन, २०७३

keshab kuikel

-केशब कुइकेल

केही दिन अघि एमाले नेता माधवकुमार नेपालले भन्नु भयो, राष्ट्रका जनताका लागि राज्य संचालन गर्ने नेता नै छैन नेपालमा । नेता नेपालको यो कुरालाई धन्यवाद दिन चाहन्छु । सही हो, हाम्रा देशमा नेता भनौदाहरु जनताको भावनामा होली खेल्दै सिंहदरबार र बालुवाटार बस्नेबाहेक केही गरेनन् । सिंहदरबार र बालुवाटार बस्नेहरुले सहिदको रगत तथा राज्यको झन्डालाई बिर्सेर बीपी कोइराला र पुष्पलालको नाम बेचेर राज्यको जनताको पसिनामा होलि खेल्न पाइदैन । टाढा जान पर्दैन, २०४७ साल देखि २०७३ साल आउँदा देश चलाउने नेता जनताले पाएनन् राज्यको ढुकुटी खेलाउन मात्र नेता पाए ।

नेतागणहरुले सहिद भएकाहरुको नाम बेचेर नखाउ । नेताहरुलाई लाज भएन । उनका भोटरहरुलाई लाज भयो । म फलानो पार्टी हुँ भन्नका लागि यस्तो व्यवहर देखियो । जनताको रगत र पसिना खाएर बिदेशीलाई दोष नदेउ । हामीहरु राज्य सन्चालन गर्नका लागि असफल भयौ भनु होस् । ०४७ देखि आज सम्म २४ वटा सरकार फेर बदल गर्नु र राज्य चलाउन असफल भएको कुरा जनताले वुझी सकेका छन् । राज्यको नेता भएनौ नेताज्यु तपाईहरुको मन मा राति विछ्यौनामा लडेपछि हामी पनि कुनै दिन मर्नु पर्छ भन्ने याद आउनु पर्ने थियो । जनताले सम्झने काम गर्नु होला, देश र जनता बिरोधी थिए मरेर के भोत भने नबन्नु होस् ।

होस् खुलोस्, राज्य जनतालाई संझेर राज्य संचालन गर्न सिक्नोस् । पार्टीका ठूलाठूला नेताज्युहरु, तपाइँहरुले अब नेपाली संस्कारले राज्य चलाउन सक्नु भएन । देशको भलो चाहनुहुन्छ भने अब प्रत्यक्ष प्रधानमन्त्रि र राष्ट्रपति जनतालाई चुन्ने व्यवस्था मिलाउनुहोस् । यसो गर्दा तपाइँहरु जस्तालाई ६ महिना -९ महिना आफ्नो पार्टीको सरकार आफै ढलाउने गलत विचार बोक्ने नेता गणहरुलाई रातमा निन्द्रा हुने छैन दिनमा भोक हुने छैन । हिजोको सिहदरबार बालुवाटार भित्र पसेर जनताको रगत र पसिनामा होली खेल्न नपाउँदा छट्पटिएर फेरी ६ महिना ९ महिनामा सरकार फेरबदल गर्नका लागि तपाईहरूलाई राज्य जनता रुवाउन मन नलागोस् । जनताको रगत पसिनाले पोलेरनै राणा गए, शाह गए तपाईहरु ठूला दलका ठूला नेता भनेर जनतालाई रुवाउने काम अब बन्द गर्नुहोस् । तपाईहरुको राज्य चलाउने व्यवहार विचारलाई सही बाटो खोज्नुस् गलत बाटो बन्द गर्नु होस् ।

तपाइँको प्रतिक्रिया ।